Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रवोध माविका छात्रालाई नासाविकेको छात्रवृति

प्रवोध माविका छात्रालाई नासाविकेको छात्रवृति

  • लोकल सन्देश
  • शुक्रबार, पौस ८ २०७९


प्रवोध माविका छात्रालाई नासाविकेको छात्रवृति

इलाम । नामसालिङ्ग सामुदायिक विकास केन्द्र इलामले माकोतोमाकी नासाबिके छात्रा छात्रवृत्ति वितरण गरेको छ । विगत २५ बर्ष देखि वितरण गरिदै आएको छात्रवृति सन्दकपुर गाउँपालिका–४ को प्रबोध माबि माबुका ३२ जना विद्यार्थीलाई वितरण गरिएको हो ।

विद्यालयहरूले छनोट गरेका जेहेन्दार तथा बिपन्न परिवारका छात्राहरू मध्ये कक्षा १–५ सम्मका छात्रालाई जनही नगद रू. २०००÷– कक्षा ६–८ का छात्रालाई जनही रू २५०० र कक्षा ९ र १० मा अध्ययनरत छात्राहरूलाई जनही नगद रू ३००० का दरले उपलब्ध गराइएको छ ।

यसअघि हिमालय माबि गोर्खे, ज्ञानोदय माबि जोगमाई, नेपालज्योति माबि नामसालिङ्गमा छात्रवृत्ति बितरण गरिएको थियो । आगामी पुस ११ गते शिरिसे माबि सोयाङ्गमा बितरण गरिने भएको छ । अमरकल्याण माबि नयाँबजार, शिवमाई माबि प्रेमेजुङ्ग, सरस्वती माबि सोयाङ्ग, नामसालिङ्ग माबि नामसालिङ्ग र भगवती माबि जमुनामा बितरण गर्ने मिति तय हुन बाँकी रहेको छ ।

अक्षयकोष स्थापना गरी सोको बैक ब्याजबाट हरेक वर्ष बितरण गरिदै आएको छात्रवृत्ति कार्यक्रम अन्तर्गत जम्मा ५२ वटा बिद्यालयका २६६ जना छात्राहरू समेटिएका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार