इलाम । इलाम नगरपालिकाले गठन गरेको विभिन्न प्रतिष्ठान र परिषदका संयोजक एवम सदस्यहरुको सपथ ग्रहण गरिएको छ । नगर कार्यपालिकाको निर्णय अनुसार गठन भएका विभिन्न परिषदका पदाधिकारीहरुको विहिबार सपथ ग्रहण भएको हो । नगर प्रमुख केदार थापाले पदाधिकारीहरुको सपथ ग्रहण गरेका हुन् ।
नगरले लिला प्रसाद थापाको अध्यक्षतामा नगर युवा परिषद गठन गरेको थियो । समितिको उपाध्यक्षमा विक्रम लिम्बु, सचिव मोहन विष्ट, सहसचिव सन्तोष गोले र कोषाध्यक्ष सविता पाण्डे रहेकी छन् । समितिको सदस्यहरुमा छेतेन शेर्पा, मनोज लेप्चा, बब्लु परियार, प्रज्वल घिमिरे, मंगेश राई, कमला राई, शिला लिम्बु, रोशन महत, सुरज अधिकारी रहेका छन् ।
अन्य सदस्यहरुमा निराजन भट्टराई, बसन्त तिमल्सिना, सचिन भक्तराज, दिपेश अधिकारी, राजिव कडरिया र सुनिल मगर रहेका छन् । अग्रज पत्रकार धर्म गौतमको अध्यक्षतामा नगर पर्यटन समिति गठन भएको थियो । उपाध्यक्षमा प्रकाश अधिकारी, सचिव रिना घले, सहसचिव देवीप्रसाद पौडेल र कोषाध्यक्ष हरि गुरुङ रहेका थिए ।
सदस्यहरुमा मनोज कोइराला, प्रविन श्रेष्ठ, दशरथ राई, बिजय राई, पविमाया गुरुङ, दिनेश श्रेष्ठ, अनिता बस्नेत दाहाल, मानुका खत्री र कृष्ण श्रेष्ठ रहेका छन् । अन्य सदस्यहरुमा राजन तामाङ, विक्रमजित राई, निलबहादुर चौहान, सुकविर तामाङ र राजेन्द्र बराल रहेका छन् । किशोर कार्कीको अध्यक्षतामा नगर अपाङ समन्वय समिति गठन भएको थियो ।
समितिमा सविता पाण्डे, डायना राई, राधिका चौहान खड्का, सुशिला काफ्ले घिमिरे र कुमार पौडेल रहेका छन् । प्रकास थाम्सुहाङको अध्यक्षतामा साहित्य कला संगीत प्रतिष्ठान गठन भएको छ । उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिव जयनारायण भट्टराई, सहसचिव प्रतिमा पौडेल र कोषाध्यक्ष दिपेश श्रेष्ठ रहेका छन् ।
सदस्यहरुमा सुदर्शन काफ्ले, सन्तोष भक्तराज, प्रज्वल चापागाई, नवीन फागो, सिर्जना श्रेृष्ठ, खिना बस्नेत, नरेश कर्माचार्य, इन्द्रनारायण सुवेदी, रोमित कर्माचार्य र सुमन दियाली रहेका छन् । सल्लाहकारमा कोमल निरौला, देवीप्रसाद गौतम र बिमल बैद्य रहेका छन् ।
सपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख विष्णुकुमारी लिम्बु दाहाल, प्रमुख प्रशासकिय अधिकृत गणेश खडका ,नगर प्रवक्ता एवम वडा ४ का वडाध्यक्ष नुतनदेव दुलाल, वडा न ७ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा न ८ का वडाध्यक्ष दलमान तामाङ ,प्रशासकिय अधिकृत बबुल भक्तराज, वडा न ७ का वडा सदस्य विमल वैद्य लगायतको आतिथ्यता रहेको थियो ।