Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

वडाबाटै योजना सम्झौता गर्दै फाकफोकथुम

वडाबाटै योजना सम्झौता गर्दै फाकफोकथुम

  • लोकल सन्देश
  • बुधबार, मंसिर २१ २०७९


वडाबाटै योजना सम्झौता गर्दै फाकफोकथुम

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले वडा वडामा पुगेर योजना सम्झौता गरिरहेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना सहित काम शुरु गरेको हो । गाउँपालिकाको वडा नं ५ मा १२ वटा योजना सम्झौता गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लम्बुले ५० हजार एक लाखका योजना सम्झौता गर्न जाँदो दुख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताए । उनले भने, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’

यस अघि वडा नं। ६ मा सम्झौताको काम सम्पन्न भइसकेको छ । बाँकी रहेका वडा नं। एक, दुई, तीन, चार र सातको पनि तत्काल योजना सम्झौता अघि बढाईने पालिकाले जनाएको छ । सम्झौता कार्यक्रममा योजना सञ्चालन देखी अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ ।

पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानी समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए । वडाबाटै भुक्तानी गर्दा प्रमुख प्रशासकीय अधकृित, अनुगमन प्रमुख, लेखा, प्रावधिक सहितको टोलि वडामा गएर भुक्तानीको काम गर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार