Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

किटजन्य रोग नियन्त्रण गर्दै रोङ गाउँपालिका

किटजन्य रोग नियन्त्रण गर्दै रोङ गाउँपालिका

  • लोकल सन्देश
  • शनिबार, मंसिर १७ २०७९


किटजन्य रोग नियन्त्रण गर्दै रोङ गाउँपालिका

रोङ : इलामको रोङ गाउँपालिकामा किटजन्य रोगको पहिचान ,नियन्त्रण र रोकथामको पुर्व तयारी सचेतना कार्यक्रम गरिएको छ । लामखुट्टे र अन्य किराहरुको कारण,औलो, डेङ्गु, कालाज्वार,स्क्सटाईफस जस्ता रोगले नागरिकहरुलाई आक्रान्त पार्ने गरेकोले सो रोगको पहिचान र नियन्त्रणका लागि कार्यक्रम गरिएको हो ।

रोङ गाउँपालिका भित्र पनि यस्ता किटजन्य रोगहरु देखापरेका कारण जोखिम रहेकोले रोङ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । स्वास्थ्यकर्मी,,स्थानीयबासी सुरक्षाकर्मि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको टोलीले जोरकलश परिसर सरसफाई र लार्भा नस्ट गर्न बिषादी स्प्रे समेत गरेको सहभागि सञ्चारकर्मी गगन घिमिरेले जानकारी दिए।

रोङ स्वास्य शाखा प्रमुख युवराज काफ्लेको अध्यक्षता र इलामका जनस्वास्थ्य निरिक्षक लक्षमण ढकालको प्रमुख आतिथ्यतामा भएको सचेतना कार्यक्रमको सहजीकरण इलामका निमित्त स्वास्थ्य प्रमुख भ्याक्टर कन्ट्रोलर बिमल बरालले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार