Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

“इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनमा ज्ञानीराम भट्टराईको योगदान” पुस्तक विमोचन

“इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनमा ज्ञानीराम भट्टराईको योगदान” पुस्तक विमोचन

  • लोकल सन्देश
  • मंगलबार, मंसिर ६ २०७९


“इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनमा ज्ञानीराम भट्टराईको योगदान”  पुस्तक विमोचन

फिक्कल : “इलाम जिल्लाको कम्युनिष्ट आन्दोलनमा ज्ञानीराम भट्टराईको योगदान“ नामक पुस्तक विमोचन गरिएको छ । प्रगतिशील लेखक सङ्घ इलामको आयोजनामा लेखक इच्छाराम कट्टेल द्वारा लेखिएको पुस्तक पुर्व प्रधानमन्त्री झलनाथ खनालले बिमोचन गरे । सूर्योदय नगरपालिका–१० फिक्कलको लेप्चा भवनमा आयोजित कार्यक्रममा संघका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा भएको थियो ।

पुर्व प्रधानमन्त्री खनालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा टीका घिमिरेको स्वागत मन्तव्य र धर्म प्रसाद उप्रेतीले कृति माथि समिक्षा गरेका थिए । कार्यक्रममा पत्रकार चन्द्र भण्डारी ,वरिष्ठ लेखक तथा बुद्धिजीवी युद्ध प्रसाद वैद्य, साहित्यकार डा. देवी क्षेत्री दुलाल ,बाबुराम कार्कीले शुभकामना मन्तव्य राखेका थिए ।

कुल प्रसाद ढकालको संचालन रहेको कार्यक्रममा लेखक इच्छाराम कट्टेलले आभार सहित आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार