Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम माई गोल्डकपको उपाधि शनिश्चरेले जित्यो

प्रथम माई गोल्डकपको उपाधि शनिश्चरेले जित्यो

  • लोकल सन्देश
  • मंगलबार, कार्तिक २९ २०७९


प्रथम माई गोल्डकपको उपाधि शनिश्चरेले जित्यो

माई : प्रथम माई गोल्डकपको उपाधि शनिश्चरे एफसीले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा खुदुनाबारी एफसीलाई सडनडेथमा पराजित गर्दै शनिश्चरेले उपाधि सहित नगद ५० हजार प्राप्त गरेको हो ।

निर्धारित समयमा दुवै टोलीबाट १—१ गोल भएको थियो । खेलको सुरुवाती अग्रता खुदुनाबारीले लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा मिलन गुरुङले गोल गर्दै अग्रता दिलाएका थिए । दोश्रो हाफको २५ औ मिनेटमा सौरभ लिम्बुले खेल बराबरीमा ल्याए ।

निर्धारित समयमा बराबरीपछि प्रहार गरिएको १४ वटा टाइब्रेकर प्रहारमा शनिश्चरे १३—१२ अन्तरले बिजयी बनेको हो । उपविजेता बनेको खुदुनाबारीले ३० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल रहयो ।

विजेता तथा उपविजेतालाई कार्यक्रमका अतिथिहरुले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । खेलको म्यान अफ दि म्याच खुदुनाबरीका विक्रम तामाङ घोषित भए । ३ गोल गरेका मिलन गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए ।

उत्कृष्ट मिडफिल्डर खुदुनाबारीका विक्रम तामाङ, उत्कृष्ट डिफेन्डर शनिश्चरेका अजिश खड्का, उत्कृष्ट गोलरक्षक शनिश्चरेका सञ्जु लिम्बु घोषित भए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी शनिश्चरेका देवेन्द्र तामाङ घोषित भए ।

उनीहरुलाई नगद र ट्रफी प्रदान गरिएको छ ।  गत कार्तिक १९ गतेबाट सित्तली फुटबल क्लब र चियाबारी फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा इलाम र झापाका १२ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका संयोजक मनिन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख हिमादेवी भण्डारी, वडाध्यक्षहरु राम राई, उर्दबहादुर राई, खडग सुन्दर योङहाङ, बुद्धि खनाल, सूर्योदय नगरपालिका—१० का वडाध्यक्ष पेमा उगेन लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला, जिल्ला फुटबल संघका उपाध्यक्ष डिडेन देवान, सुरक्षा निकायका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन सचिव विशाल खड्काले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार