Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम माई गोल्ड कप : विशाल निर्णायक बन्दा युनाइटेड थ्रीस्टार सेमीफाइनल प्रवेश

प्रथम माई गोल्ड कप : विशाल निर्णायक बन्दा युनाइटेड थ्रीस्टार सेमीफाइनल प्रवेश

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक २४ २०७९


प्रथम माई गोल्ड कप : विशाल निर्णायक बन्दा युनाइटेड थ्रीस्टार सेमीफाइनल प्रवेश

माई : विशाल तामाङको निर्णायक गोलको मद्धतमा युनाइटेड थ्रीस्टार क्लब इलाम प्रथम माई गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । तेश्रो क्वाटरफाइनल खेलमा लक्ष्मीपुर एफसी झापामाथि १ ० गोल अन्तरको जित निकाल्दै इलामले सेमीफाइनलमा स्थान बनाएको हो ।

इलामको जितमा विशाल तामाङले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच गोलकर्ता तामाङ घोषित भए । प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा नवज्योती एफसी र शनिश्चरे एफसी बिच प्रतिस्पर्धा हुँदैछ ।

नवज्योतीले सोक्ति एफसी र शनिश्चरेले कलकत्ते एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । सितली फुटबल क्लब र चियाबारी युथ क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्ड र उत्कृष्ट मिडफिल्डरलाई समेत नगद र ट्रफि प्रदान गरिनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार