Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रथम माई गोल्डकप : शनिश्चरे र खुदुनाबारी बिजयी

प्रथम माई गोल्डकप : शनिश्चरे र खुदुनाबारी बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २१ २०७९


प्रथम माई गोल्डकप : शनिश्चरे र खुदुनाबारी बिजयी

माई : प्रथम माई गोल्डकप फुटबल प्रतियोगितामा शनिश्चरे एफसी र खुदुनाबारी एफसी बिजयी भएका छन् । प्रतियोगिता अन्र्तगत सोमबार भएको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा शनिश्चरेले कलकत्ते एफसी माथि ३–२ गोल अन्तरको जित दर्ता गरेको छ । शनिश्चरेको जितमा सञ्जय भण्डारीले २ गोल र राजिव ढुङ्गानाले १ गोल गरे ।

कलकत्तेका सेसेहाङ लिम्बु र पुष्प लिम्बुले १/१ गोल गरे । म्यान अफ दि म्याच बिजेता टिमका भण्डारी घोषित भए । त्यसैगरी आज नै भएको पहिलो क्वाटरफाइनल खेलमा खुदुनाबारी एफसीले चुलाचुली एफसी माथि ३–१ गोल अन्तरको जित दर्ता गरेको छ । खुदुनाबारीको जितमा चेतन घतानीले २ गोल र अरविन्द चौधरीले १ गोल गरे ।

चुलाचुलीका उमेश लिम्बुले सान्तवना गोल फर्काए । म्यान अफ दि म्याच घतानी घोषित भए । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा चियाबारी युथ क्लब र सुखानी एफसी बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार