माई । प्रथम माई गोल्डकप अन्र्तगत नवज्योती फुटबल क्लब जयपुर र युनाइटेड थ्रीस्टार क्लब इलाम बिजयी भएका छन् । सितली खेलमैदानमा जारी प्रतियोगिता अन्र्तगत दोश्रो प्रि–क्वाटरफाइनल खेलमा सोक्तिम फुटबल क्लबलाई ३–१ गोल अन्तरले हराउँदै जयपुरले बिजयी सुरुवात गरेको हो ।
जयपुरको जीतमा कप्तान बबिन बोहराले २ गोल र पारस लिम्बुले १ गोल गरे । सोक्तिमका राज लिम्बुले सान्तवना गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच बोहरा घोषित भए । त्यसैगरी आज नै भएको तेश्रो प्रि–क्वाटरफाइनल खेलमा मागुना युथ क्लब महमाईलाई २–१ गोल अन्तरले हराउँदै इलामले समेत क्वाटरफाइनलमा स्थान बनाएको छ ।
इलामको जीतमा बिमल साउदेन र सुदिप मगरले गोल गरे । महमाईका जीवन लिङ्देनले १ गोल फर्काए । खेलको म्यान अफ दि म्याच मगर घोषित भए । भोली (कार्तिक २१ गते) अन्तिम प्रि–क्वाटरफाइनल खेलमा शनिश्चरे फुटबल क्लब र कलकत्ते एफसी महमाई बिच प्रतिस्पर्धा हुनेछ ।
भोली नै पहिलो क्वाटरफाइनल खेलमा खुदुनाबारी एफसीले चुलाचुलीको सामना गर्दैछ ।