Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूरको टारीमा साँस्कृतिक उत्सवसँगै पर्या–पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया ( फोटो फिचर )

सन्दकपूरको टारीमा साँस्कृतिक उत्सवसँगै पर्या–पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया ( फोटो फिचर )

  • सुजन तिमल्सिना
  • बिहिबार, कार्तिक १७ २०७९


सन्दकपूरको टारीमा साँस्कृतिक उत्सवसँगै पर्या–पर्यटन प्रवर्द्धनका लागि अन्तरक्रिया ( फोटो फिचर )

सन्दकपूर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपूरमा पर्यटन प्रवद्र्धनका काम अघि बढाउन वडा नम्बर ३ को टारि क्षेत्रमा सास्कृतिक उत्सवसँगै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को एक प्रदेश एक सास्कृतिक गाउँपालिकामा घोषित सन्दकपूर गाउँपालिकाले कृषि पछि पर्यटनलाई आफ्नो अर्थतन्त्रको आधार बनाउने घोषणासँगै गाउँपालिका हरेक वडाका पर्यटनकीय संभावना रहेका क्षेत्रमा पुगेर सुझाव संकलन र अन्तरक्रिया थालेको हो ।


सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग, उपाध्यक्ष हरि लुङ्गेली र वडाध्यक्ष लिला बुर्जाको बिषेश उपस्थितिमा आयोजना भएको अन्तरक्रियामा टारी क्षेत्रका स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले अन्तरक्रियामा आयोजना गर्नुको औचित्यबारे प्रकाश पारेका थिए । उनले स्थानीय सरकार गठन पछि अघिल्लो सरकारले गरेका कामको निरन्तरता र समिक्षा गर्दै अहिलेको सरकारले पर्यटनबाट आम्दानी गर्ने मुख्य लक्ष्य लिएको बताए ।

पर्यटनको क्षेत्रमा कार्यपालिका र गाउँसभाका विभिन्न बैठकका साथै स्थानीय अग्रजहरुसंगको छलफलबाट निष्कर्ष निकालेर ग्रामीण पर्यटनको प्रवद्र्धनका काम गरे सन्दकपूरमा जुन सुकै हिसाबले पर्यटन प्रवद्र्धनका काम हुने भन्दै राईले पर्यापर्यटन, प्राकृतिक, धार्मिक सांस्कृति पर्यटनका सम्पतीहरुलाई जगर्ने गर्दै अर्थउपार्जन गर्ने गाउँपालिकाले योजना बनाएको छ ।
सन्दकपूर देशभर फैलाउनका निम्ति कार्यपालिकाबाट पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर प्रतिवद्धतामा हस्ताक्षर गरि जनतामाझ सुझाव संकलन शुरु भएको उनले बताए ।


उनले टारी क्षेत्रको श्रब्यदृश्य संकलनबाट प्रचारपसार गरि पर्यटन प्रवद्र्धनका काम गर्ने बताए । ५ वटै वडाको तयार गरेर भोलीका दिन पर्यटन महोत्सवमा काम लाग्ने भिडियोहरु देश विदेशमा रहेका पर्यटकहरुमाझ पु¥याउँदै सन्दकपुर पर्यटनमय बन्नै उनले बताए । सन्दकपुर देशको नमुना पालिका बनाउन हामी सम्पूर्ण नागरिकहरु एक जुट भएर लाग्नुपर्ने राइले बताए ।

उनले पर्यटन मात्र नभएर स्वास्थ्य, शिक्षा, भौतिक पुर्वाधार, भवनलाई समेत पालिकाले प्राथमिकतामा राखेको बताए । कार्यक्रममा बोल्दै सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग सन्दकपूर गाउँपालिकाले पर्यटनका दृष्टिले महत्वपुर्ण सम्पती रहेको बताए ।

सन्दकपूर गाउँपालिकाको बिषेशता र इतिहास छुट्टै रहेकाले सबै नागरिक एकजुट भएर लाग्नुपर्ने बर्ता । उनले पहेलो लटररम्म धानबारी रहेको टारी क्षेत्र देशविदेशका पर्यटकहरुको आकर्षणको गन्तव्य हुने भएकाले स्थानीय नागरिक स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न लाग्नुपर्ने बताए ।


हामी जनतालाई जागरण र सम्मान गर्न आउँदैछौ । किसानहरुलाई राती निन्द्रा छैन दिनमा भोक छैन, धान खेती घर भित्र राख्न समस्या होला की भन्ने चिन्ता छ तर यही धानबाली देखाएर हामी आम्दानी गर्न सक्ने आधार छन्

अध्यक्ष गुरुङ्गले भने–‘पाकीरहेको धानबालीको फोटो लियौ त्यसले किसानहरुलाई बेग्लै प्रकारको उर्जा हुन्छ । सधै दुखमात्र गराउँदैनौ मुल्याकनको आधारमा कृषक सम्मान गर्छौ । टारी क्षेत्रमा शुद्ध खानेपानी नपाउँदाको पिडा सुनेर दुःख लागेपनि विभिन्न भाषा, धर्म, जानजाती, संस्कृति बोकेको हामी गरिब हैनौ धनी हौ उनले भने–‘ भावना मात्र गरिब हो हामी कहिले गरिब हैनौ, त्यसैले अब सबै जाग्नुपर्छ, पर्यटन विकासमा सबै लाग्नुपर्छ ।

इलाम पर्यटन क्षेत्रले भरिएको जिल्ला र कुनै समयमा नारायण गोपाल इलाम आउँदा प्रेमिकाको पछयौरी चियाको बोटमा अल्झीएको जानकारी छ । भुपी शेरचन चौतारीमा बसेको सर्वविधितै छ । उनले भने–‘गाउँपालिकालाई पर्यटनमुखी बनाउन ढापपोखरी, हागेथाम, सन्दकपुर, छिन्टापु लगायतका क्षेत्रको प्रवद्र्धनमा हामी सबै जुट्नुपर्छ ।’
अन्तरक्रियामा बोल्दै पर्यटन क्षेत्रमा क्रियासिल तथा वातावरण संरक्षणकर्मी धनबहादुर खाम्दाकले सन्दकपुरबाट देखिने हिमाल हेर्न आउने पर्यटकसंग यहाँको धान रोप्ने किसानसंगको सम्बन्ध कसरी गराउने त्यो बारे पालिकाले काम गर्नुपर्ने बताए ।

पर्यटन बारेमा बेसलाइन सर्भे गरि आवश्यक कदम चाल्नुपर्छ । मंसिरमा मेहेमा गोरु घुमाएर दाँई करिब करिब लोप भएको छ । अहिले हामी हसिया लिएर धान काट्दै महोत्सब मनाएको भए राम्रो हुन्थ्यो उनले भने–‘सन्दकपुरले मास्टर प्लान बनाउने राम्रो छ । साजिबोटेमा फलेको धान सन्दकपुरको पर्यटकले खान पाएको भए टारीमा फलेको टमाटर सन्दकपुरको होटलमा विक्री गर्ने योजनाका साथ र किसानका हातमा पैसा पुग्ने गरि काम गर्न गाउँपालिकाबाट काम हुनुपर्छ ।


सन्दकपुरमा गत बर्ष मात्र रिसर्च गर्दा एउटा होटलले एक दिनमा साढे ६ लाख भारतीय रुपैया आम्दानी गरेको डाटा छ उनले भने–‘यहाँ फलेको टमाटर, लोकल कुखुुरा त्यहाँ विक्री गर्न किन हामीले नसक्ने । एउटा विदेशी काठमाण्डौ आउँछ भद्रपुर, इलाम हुँदै यहाँ आएर बस्छ र फर्केर जाँदा कति खर्च गर्छ हामीले मुल्यांकन गर्न सकेका छैनौ, अब हामीले आजबाटै पर्यटनमैत्री काम गरौँ ।


अन्तरक्रियामा बोल्दै कृषि विज्ञ मनिस लिम्बुले कृषिमा राज्यको लगानी भए मात्र विकास हुने बताए । हिजोका दिनमा ८० प्रतिशत किसान भन्ने गरिन्थ्यो तर अहिले ६० प्रतिशत भन्ने गरिन्छ । तर अहिले निर्वाहमुखी मात्र भएकाले अहिले किसानलाई व्यवसायीक कृषिमा अग्रसर बनाइ पर्यटन प्रवद्र्धनको काम गर्नुपर्छ । अमेरिका र चीनको डाटा हेर्ने हो भने एक जना किसानले उत्पादन गरेको खाध्यान्न १०० जनालाई पु¥याउँछ । तर हामी ४ जनाले गरेको उत्पादनले ४ महिना मात्र भ्याउँछौ । त्यस हिसाबले विकास भएको छैन् । सन्दकपुरले बाटो घाटो र कृषिमा लगानी र विकास गर्नुपर्छ । अनि मात्र आर्थिक विकास र पालिकाको विकास हून्छ । बाटो घाटो सहज भएमात्र यहाँका उत्पादन बजारसम्म पुग्छ । सरकारी निकायमा रहेका पालिका र वाडले समन्वय भुमिका खेल्नुप¥यो । बजारसम्म पुग्ने बाटो निर्माण हुनुपर्छ– उनले भने ।


अन्तरक्रियामा बोल्दै सन्दकपूर ३ का पूर्व अध्यक्ष कृष्ण पाठकले सन्दकपुर ३ अन्र्तगत टारी समस्थली भु–भाग रहेकाले पर्यटकीय आकर्षणको केन्द्र रहेको बताए । भेलबाडीमा समेत यस ठाउँमा सुरक्षित बस्न सक्छन् । राम्रो धान फल्छ । ४ माना मुरीसम्म उत्पादन गर्न सकिन्छ । यस वेशीमा अर्गानक धान उत्पादन गरिन्छ पाठकले भने । गहुँ प्याज, काउली खेती गरिन्छ । प्राचिनकाल देखि धानको प्रसिद्ध क्षेत्र भनेर चिनिन्छ ।

सिचाईको अभाव थियो हामी सरकारमा रहँदा चैतेबाट टारीबेसी सिचाई कुलो सम्पन्न गरिसकेका छौ । असार २८ देखि धान रोपिन्थ्यो अहिले जेठ देखि नै किसानले पर्याप्त पानीको सुविधा पाएका छन् जसले गर्दा उब्जनी बढेको छ । दाहाल खोला गैरी गाउँ हुदै टारी सिचाई थप पानीको आवश्यकता देखिन्छ । असार सातामा धान रोपिसक्नुपर्ने देखिन्छ, पाठकले भने ।


अन्तरक्रियामा बोल्दै गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले विशेष गरी गुरुयोजना बनाएर र यहाँका सम्भावना गाउँबासीबाटै संकलन गरि काम गर्ने बताए । पछिल्लो समय कृषि पर्यटनलाई प्राथमिकता दिएको उनले बताए ।

पछिल्लो समय कृषि प्रति आर्कषण अलि घट्यो उनले भने– नगदेवाली तिर लाग्नका लागि त्यसमा पर्यटनतिर जोडेर हामी पालिबासीको आर्थिक उपार्जनमा लाग्नेछौँ ।


सांस्कृतिक, पशुपालन, जडिबुटी, आफ्नो भेषभुषा जातजातिसंग समबन्धित भएर अघि बढाउने सोच छ । सन्दकपुर, छिन्टापु, माइपोखरी टोड्के झर्ना जस्ता महत्वपुर्ण क्षेत्रमा पुर्वाधार पु¥याउँदै विधुतीकरण गरेर पर्यटकहरुलाई बस्ने आवासको व्यवस्था गरेर पर्यटकलाई बसौ बसौ लाग्ने बनाउने पुर्वाधारसंगै योजना रहेको उपाध्यक्ष लुङ्गेलीले बताए । संघ र प्रदेशसंग विशेष कार्ययोजना बनाएर बजेट माग काम गर्ने उपाध्यक्ष लुङ्गेलीले बताए ।

अन्तरक्रियाका अवसरमा किरात याक्थुङ चुम्लुङ, लिम्बुहरुको बसोबास क्षेत्र टारीमा चासोक तङ्नाम भन्दै बालीहरु पाकेको बेला पहिलो पटक उत्सव मनाएका सन्दकपूर ३ वडासदस्य सोम साउदेनले बताए । कार्यक्रममा लिम्बु समुदायको ढोलनाच, पालम र धाननाच प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार