Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १८ देखि

माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १८ देखि

  • लोकल सन्देश
  • बुधबार, कार्तिक ९ २०७९


माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता कार्तिक १८ देखि

माङसेबुङ : किरात धर्म दर्शनका महान दार्शनिक, समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देन १३८ औं जन्मजयन्तीको अवसरमा इलामको माङसेबुङमा प्रथम अठासी गोल्डकप फुटबल प्रतियोगिता २०७९ आयोजना हुने भएको छ ।

माङसेबुङ-५ नेनेदेन मझुवास्थित निङ्बोदेन खेलमैदानमा प्रतियोगिता आयोजना गरिने आयोजक लालीगुँरास युवा क्लवले जानकारी दिएको छ । क्लबका अध्यक्ष गजिन्द्र योङ्हाङले कार्तिक १८ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १ सय १ रूपैयाँ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र पाउने छन् भने दोस्रो हुने टोलीले नगद ५० हजार १ सय १ प्राप्त गर्नेछ । प्रतियोगिताअन्तर्गत सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट टिम कोचले समान नगद ३ हजार पुरस्कार पाउने छन्

सबै खेलका म्यान अफ दि म्याचलाई नगद पुरस्कार राखिएको आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अनुमानित ९ लाख खर्च हुने प्रतियोगतामा सहभागी हुने टोलीका लागि प्रवेश शुल्क ३ हजार ५ सय ५१ तोकिएको योङ्हाङले बताए ।

उनका अनुसार ९ साइड खेलाइने प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले कार्तिक १६ गतेभित्र इन्ट्री गर्नुपर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार