Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कागे फुटबल : सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने

कागे फुटबल : सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने

  • शेखर तिम्सिना
  • शनिबार, कार्तिक ५ २०७९


कागे फुटबल : सन्दकपुर–३ र जमुना उपाधिको लागि भिड्ने

सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका–५ जमुनामा जारी कागे फुटबल प्रतियोगिताको उपाधिको लागि सन्दकपुर–३ सुलुबुङ र जमुना फुटबल क्लबबिच प्रतिस्पर्धा हुने भएको छ ।

आज सम्पन्न सेमीफाइनल खेलमा सुलुबुङले सन्दकपुर एफसी र जमुनाले इलाम नगरपालिका—६ लाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमीफाइनल खेलमा सडनडेथमा सन्दकपुरलाई हराउँदै सुलुबुङले कम्तीमा ७५ हजार सुरक्षित गरेको छ ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोश्रो सेमीफाइनलमा छिरिङ गुरुङ निर्णायक बन्दा जमुनाले इलामलाई १—० गोल अन्तरले हराए । दोश्रो हाफको सुरुवातमा छिरिङले गोल गरेका थिए ।

खेलमा पछि परेको केही मिनेट नवित्दै इलामका हरि सिटौला विवादमा उत्रिएपछि खेल रोकिएको थियो । त्यसपछि इलामको टिम खेल मैदान छाडेर हिडेपछि जमुनाले फाइनलमा स्थान बनाएको हो ।

आइतबार फाइनल खेल हुनेछ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार