इलाम । हिमाली दृश्यसँगै आकर्षक झरनाहरुमा पर्यटक पु¥याइ आर्थिक उपार्जन गर्ने लक्ष्यका साथ इलाम नगरपालिकाले म्याराथुन प्रतियोगिता शुरु गरेको छ । पर्यटकीयस्थल पाटेनागि, दिदिबहिनी झरना र कुइभिरको प्रचारप्रसारका लागि म्याराथुको प्रतियोगिता शुरु गरेको हो ।

हरियो चियाबारीले ढाकिएको साँखेजुङबाट यस वर्षको म्याराथुन प्रतियोगिता शुरु भएको थियो । खस्किएको पर्यटन प्रवद्र्धन गर्न राष्ट्रिय स्तरका धावकहरुको सहभागितामा १८ किलोमिटर लामो म्याराथुन प्रतियोगिता आयोजना गरिएको हो ।

आकर्षक पर्यटकीय गन्तव्य पाटेनागी, दिदिबहिनी झरना, सुन्दर चिया बारी अनि लेकाली जिवनशैलीमा रमाउन सकिने क्षेत्रको प्रचारप्रचार गर्ने इलाम नगरपालिको लक्ष्य छ । अर्गानिक चिया उत्पादन हुने शाखेजुङको नेपालटारबाट इलाम बजारसम्मको १८ किलोमिटर दुरीको म्याराथुन प्रतियोगिता फुलपातिकको दिन आयोजना गरिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेकाले आगामि दिनमा अन्तराष्ट्रिय स्तरका धावकहरुको उपस्थितिमा ४२ किलोमिटर लामो प्रतियोगिता गरिने नगर प्रमुख केदार थापाले बताए ।

चिसो हावापानीमा आयोजना हुने दौड प्रतियोगितामा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका धावकहरुको आकर्षण बढेको छ । वर्षातमा पनि गर्मी नहुने भएकाले यो वर्ष म्याराथुम प्रतियोगितामा पश्चिम र मध्य नेपालका सहित १८ जना धावकहरुको सहभागिता थियो ।

साँखेजुङबाट शुरु भएको प्रतियोगिता सदरमुकाम इलाम बजार पुगेर टुङ्गिएको थियो । मेची राजमार्गको घुमाउरो सडक र प्राकृतिक सुन्दरतामा म्याराथुम प्रतियोतिामा सहभागिले आनन्द लिन पाएका थिए । खेलकुदका माध्यमबाट पर्यटकीस्थलको प्रवद्र्धन गर्ने लक्ष्य रहेकाले स्थानीयको आर्थिक स्तरमा सुधार हुने इलाम नगरपालिका ३ का देबेन्द्र मुखियाले बताए ।

हरियाली क्षेत्र र चिसो हावापानीमा हुने भएकाले म्याराथुन र साइक्लिङ प्रतियोगिताको अधिक संभावना रहेको पर्यटकीय क्षेत्रमा काम गर्ने सरोकारवालाको भनाइ छ ।
