Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करिब ३ सय जनाले जाकटी राखेको सुन लुटपाट

करिब ३ सय जनाले जाकटी राखेको सुन लुटपाट

  • लोकल सन्देश
  • मंगलबार, असोज १८ २०७९


करिब ३ सय जनाले जाकटी राखेको सुन लुटपाट

इलाम । सोमबार बिहान ताप्लेजुङको फुङलिङस्थित वीरेन्द्र चोकमा रहेको आईएमई काउन्टरमा करिब ३ सय जनाले सुन जाकटी राखेको पाइएको छ । ताप्लेजुङका डीएसपी कैलाश राईका अनुसार आईएमईमा करिब ३ सय जनाको सुन जाकटी राखेका थियो ।
डीएसपी राईका अनुसार सोमबार बिहान ९ः३० बजेको समयमा ४ जनाको समूहमा आएका व्यक्तिहरूले सुन र नगद लुटपाट गरेका थिए । उनीहरूले ११ लाख ५० हजार नगद र ठुलो मात्रामा सुन लुटपाट गरेर लगेको पाइएको छ ।

लुटपाटमा संलग्नमध्ये एक जनालाई फुङलिङ नजिकैको जङ्गलबाट सशस्त्र र जनपद प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकाको साथबाट ६ लाख नगद र ठुलो परिमाणमा सुन बरामद गरेको छ । लुटपाटमा संलग्न अन्य तीन जना भने अझै फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार