सन्दकपूर । तेश्रो देशका पर्यटकहरुको आगमन उच्च हुने इलामको सन्दकपुरमा गेष्ट हाउस निर्माणको कार्यले तिव्रता पाएको छ । देश विदेशका पर्यटकहरुको सुविधाका लागि अढाइ तल्लाको गेष्ट हाउस निर्माण कार्य २०७६ सालमा संझौता भएको थियो । २ करोड ८५ लाख ९१ हजार ५ सय १४ मा सन्दकपूर हिलस्टेसन गेष्टहाउस २०७६ असार २९ मा निर्माणको ठेक्का सम्झौता भएको हो ।
२०७८ चैत्र ३० सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि जग्गा व्यवस्थापनको काम समयमा हुन नसक्दा र मौसम प्रतिकुलताले गर्दा काममा केहि ढिलाइ भएको निर्माण व्यवसायी नविन तामाङले बताए । तर अहिले निर्माण कार्यलाई तिव्र रुपमा अघि बढाइएको देविडाँडा निर्माण सेवाका प्रोपाइटर तामाङले बताए । प्राविधिक समस्याका कारण काममा केही ढिलाइ भएपनि अहिले मौसम सुधारका कारण काम सोचे अनुरुप कार्य गरिएको उनले बताए ।
हिउँदमा बाक्लो हिमपात र वर्षातमा झरीका कारण निर्माणमा ढिलाई भएको हो । भवनको भुइ तल्लामा डाइनिङ टेवल सहति कोठा, स्टोर कोठा, किचन कोठा निर्माण हुनेछन् । त्यस्तै पहिलो तल्लामा ७ वटा कोठा र दोस्रोमा ७ कोठा निर्माण हुने भवनको ८ कोठाभित्रै शौचालय निर्माण हुनेछन् । गेष्ट हाउस निर्माणको लागि १ नम्बर प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वाले पहल गर्दै बजेट विनियोजन गराएकी थिइन् ।
निर्माण सन्दकपूर गाउँपालिकालाई हस्तान्तरण हुने गेष्ठहाउस संचालनले सन्दकपूर गाउँपालिकाको आम्दानीको श्रोत वृद्धिमा सहयोग पुग्ने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।