Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय फोटो प्रतियोगिताको बिजेता घोषणा

सूर्योदय फोटो प्रतियोगिताको बिजेता घोषणा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ११ २०७९


सूर्योदय फोटो प्रतियोगिताको बिजेता घोषणा

इलाम । प्रचार नगरिएका धेरै गन्तव्यहको पहिचानको लागि आयोजित फोटो प्रतियोगिताको बिजेताहरु घोषणा गरिएको छ । विश्व पर्यटन दिवसको अवसर पारेर सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रतियोगिताको उत्कृष्ट १० फोटो सार्वजनिक भएको हो । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आयोजित प्रतियोगितामा निशान्त रानाले खिचेको रात्रीकालिन कन्यामले प्रथम स्थान हासिल गरेको छ ।

रानाले उपाधिसंगै नगद १५ हजार प्राप्त गरे । त्यसैगरी सुन्दर मैनालीले कैद गरेको कन्यामबाट देखिएको कञ्चनजंघाको दृश्यले दोश्रो स्थान हासिल गर्दै १० हजार रुपैया प्राप्त गरेको छ । लोपोन्मुख हङरायोको तस्बिरबाट देवेन खरेलले तेश्रो स्थान हासिल गरे । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट स्थान हासिल गर्नेहरुलाई संविधानसभा सदस्य सूर्यबाला राईले प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगितामा सहभागी उत्कृष्ट १० तस्बिरलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सूर्योदय नगरपालिका भित्रको पर्यटकीय गन्तव्य र प्रचार हुन नसकेको गन्तव्यहरुलाई प्रतियोगितामा समावेश गरिएको थियो । सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरेको थियो ।

उत्कृष्ट तस्बिरहरुलाई कन्याममा होडिङ बोर्ड बनाएर राखिने छ । नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा कन्याममा भएको कार्यक्रममा संविधासभा सदस्य राईको प्रमुख आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार