Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सहकारीको व्यवस्थित गर्छौँ  : सहकारी मन्त्री सरावगी

सहकारीको व्यवस्थित गर्छौँ  : सहकारी मन्त्री सरावगी

  • लोकल सन्देश
  • मंगलबार, असोज ११ २०७९


सहकारीको व्यवस्थित गर्छौँ  : सहकारी मन्त्री सरावगी

इलाम । १ नम्बर प्रदेशका सहकारी मन्त्री ओमप्रकास सरावगीले सहकारी क्षेत्रमा अनुगमन बढाइने बताएका छन् । उनले प्रदेश र स्थानीय तहबाट पनि सहकारी संस्था दर्ता हुने भएकाले अनुगमन नहुँदा व्यवस्थापिकय समस्याले सहकारीहरुले प्रगति गर्न नसकेको बताए ।
इलाम सदरमुकामस्थित इलाम नगरपालिकामा जनप्रतिनिधिहरुसँग छलफल गर्दै मन्त्री सरावगीले सहकारीलाई व्यवस्थित गर्न अनुगमन र तालिम प्रदान गर्ने योजना रहेको बताए । मन्त्री सरावगीसँग इलाम नगरपालिकाका नगर प्रमुख केदार थापा, उप–प्रमुख विष्णु लिम्बु, वडाध्यक्ष नुतन दुलाल र नरेश श्रेष्ठ लगायतले सहकारी क्षेत्रको विकासका लागि प्रदेश सरकारले लगानी बढाउनुपर्ने माग गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार