Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

प्रविधिमैत्री गाउँपालिका बन्दै इलामको रोङ (फोटो फिचर)

प्रविधिमैत्री गाउँपालिका बन्दै इलामको रोङ (फोटो फिचर)

  • लोकल सन्देश
  • आइतबार, असोज ९ २०७९


प्रविधिमैत्री गाउँपालिका बन्दै इलामको रोङ (फोटो फिचर)

रोङ । वडा कार्यालयबाट पाउने सेवा प्रविधिमैत्री बनाउन रोङ गाउँपालिकाले अहिले कर्मचारीलाई तालिम दिइरहेको छ । गाउँपालिका भित्रका सबै काम प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गरि जनतालाई सेवा दिने लक्ष्यका साथ अहिले कर्मचारीलाई तालिम प्रदान गरिँदै आएको हो ।


लेखाबाट हुने भुक्तानी, भण्डारण शाखा, व्यक्तिगत घटना दर्ता, बोलपत्र आवाह्नको काम अनलाइनबाट रोङ गाउँपालिकाले गर्दै आएको थियो । यो आर्थिक वर्षमा पालिकाले राजश्व संकलन र घटना दर्ता पनि अनलाइनबाट गर्ने योजना बनाएको सुचना अधिकृत रोशन भट्टराईले बताए ।


प्रमुख प्रशासनिक केन्द्रका बिषयगत शाखासँगै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा कम्प्युटरबाटै गर्ने गाउँपालिकाको योजना छ । पालिकाबाट हुने सिफारिस र दर्ता चलानीको काम पनि अनलाइनबाटै गर्ने योजनाका साथ आवश्यक प्रविधि र एप्स जडान हुँदै आएको छ । अनलाइनबाट हुने काम छिटो, छरितो हुने भएकाले दैनिक सेवा लिन आउने धेरै सेवाग्राहीलाई सेवा प्रदान गर्न सकिएको लेखा अधिकृत इन्द्र पोखरेलले बताए ।


प्रविधिमैत्री कामले जनतालाई छिटो सेवा दिनुका साथै हातले गर्दा हुने गल्ति पनि हटेको छ । गाउँपालिकाको काम पूर्ण रुपमा प्रविधिमैत्री बनाउन नसकिएपनि हुनसक्नेसम्म काम अनलाइनबाटै सेवा दिने गाउँपालिका अध्यक्ष सुबास तामाङले बताए ।


कम जनशक्तिबाट बढी सेवा प्रदान गर्ने योजनाका साथ गाउँपालिकाले अनलाइनबाटै सेवा दिँदै आएको हो । इन्टरनेटको गति कम हुँदा र सफ्टवेयरमा आउने समस्या बाहेक पालिकाबासीले प्रविधिबाट छिटो सेवा लिँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार