Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईपोखरी भ्रमणपछि प्रदेश प्रमुख खापुङ भन्छन्–सुन्दर सन्दकपूरको पर्यटन विकास सहयोग गर्छु (फोटो फिचर )

माईपोखरी भ्रमणपछि प्रदेश प्रमुख खापुङ भन्छन्–सुन्दर सन्दकपूरको पर्यटन विकास सहयोग गर्छु (फोटो फिचर )

  • लोकल सन्देश
  • शनिबार, असोज ८ २०७९


माईपोखरी भ्रमणपछि प्रदेश प्रमुख खापुङ भन्छन्–सुन्दर सन्दकपूरको पर्यटन विकास सहयोग गर्छु (फोटो फिचर )

सन्दकपूर । प्रदेश १ का प्रदेश प्रमुख पर्शुरामा खापुङले इलामको सन्दकपूर गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा सहयोग गर्ने बताएका छन् । प्राकृतिक, जैविक एवम् सुन्दरताको दृष्टिकोणले अद्वितीय भूमि रहेको अनुभूति भएको माइपोखरी भ्रमणपछि इलाममा पत्रकार राम योङ्हाङ र सुजन तिमसिनासँग कुरा गर्दै खापुङले सन्दकपूर पालिका भित्रका पर्यटकीयस्थलमा पुगेर आफुले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने बताएका हुन् ।


शुक्रबार इलामको सन्दकपुर गाउँपालिकास्थित विश्व रामसार क्षेत्रमा सुचिकृत माईपोखरी क्षेत्रको अवलोकन पश्चात प्रदेश प्रमुख खापुङले माइपोखरी क्षेत्र भ्रमण गर्दा आफु तनावमुक्त भएको बताएका छन् । माईपोखरी प्राकृतिक, जैविक रुपमा मात्र नभई धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण रहेकाले यसको प्रवर्द्धन गर्न सके देशकै प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना रहेको बताए ।

‘यहाँको प्राकृतिक बनोट नै अचम्मको रहेछ । नौवटा कुना, जुन एक कुनाबाट अर्को कुना नदेखिने, यही उत्पादित माछासहित विभिन्न जैविक विविधताहरु यसलाई अवलोकन गर्न विदेशीसमे तआउँदा रहेछन्’ प्रदेश प्रमुख पापुङले भने, ‘यसलाई हामी सबै मिलेर अगाडी बढाउनुपर्छ ।’

प्रदेश प्रमुख खापुङले मानसिक पीडा भएको जो कोहीको माइपोखरी क्षेत्रमा पुग्दा आधा स्वत घट्ने बताए । ‘माईपोखरी क्षेत्रमा एकरडेढ घण्टा बसेमा त्यहाँको हावापानी, प्राकृतिक सुन्दरता, जैविक विविधता र अर्गानिक खानेकुराले मानसिक पीडा पनि शान्त हुने रहेछ’ प्रदेश प्रमुख खापुङले भने, ‘त्यहाँ पुगेपछि सबै पीडा बिर्सने रहेछ ।’

प्रदेश प्रमुख खापुङले शुक्रबार माईपोखरीसँगै देउराली बजार र आसपासका पर्यटकीय क्षेत्रको अवलोकन गरेका थिए । ताप्लेजुङ र पाँचथरको कार्यक्रम सकेर फर्कने क्रममा प्रदेश प्रमुखले शुक्रबार माईपोखरी क्षेत्रको अवलोकन गरेका हुन् । पाँचथर र ताप्लेजुङ औपचारीक कार्यक्रमका लागि यात्रा गर्ने सरकारी अधिकारी, उच्च तहका राजनीतिक नेतृत्व सुटुक्कै रामसार क्षेत्र माइपोखरी पुग्ने गरेका छन् ।

पछिल्लो पटक १ नम्बर प्रदेशका प्रमुख पर्शुराम खापुङपनि माइपोखरी पुगेर दिनभर भ्रमण गरेका हुन् । प्रदेशका प्रमुख पर्शुराम खापुङले माइपोखरी भ्रमणपछि लेकाली बस्तिका लघु उद्योगमा प्रशोधन हुने चिया र चीज उत्पादन बारे उत्सुकतापूर्वक अध्ययन बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार