Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकाले कम्प्यूटर शिक्षामा प्राथमिकता (फोटो फिचर)

सन्दकपूर गाउँपालिकाले कम्प्यूटर शिक्षामा प्राथमिकता (फोटो फिचर)

  • सुजन तिमल्सिना
  • बिहिबार, असोज ६ २०७९


सन्दकपूर गाउँपालिकाले कम्प्यूटर शिक्षामा प्राथमिकता (फोटो फिचर)

सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा कम्प्युटर कक्षा संचालन गरेपछि विद्यार्थीले कम्प्युटर कक्षाका लागि सहरी क्षेत्रमा धाउनुपर्ने बाध्यता हटेको छ । सामुदायीक विद्यालयमा कम्प्युटर कक्षा संचालन गर्ने नितिले गर्दा सन्दकपूर गाउँपालिका भित्रका विद्यार्थीले अहिले विद्यालयमै निःशुल्क कम्प्युटर कक्षा लिँदै आएका छन् ।


५ वर्ष अघि माइपोखरी संस्कृति माध्यमिक विद्यालयमा प्रशासनीक कामका लागि मात्रै कम्प्युटर प्रयोग हुन्थ्यो । प्रशासनिक कामका लागि खरिद भएको कम्प्युटर विद्यार्थीको सिकाईमा प्रयोग नहुँदा विद्यार्थीहरुले सहरी क्षेत्रका कम्प्युटर प्रशिक्षण केन्द्रमा सिक्न धाउनुपथ्र्यो ।


तर अहिले विद्यालयमा कम्प्यूटर कक्षा संचालन भएपछि प्राथमिक तहदेखि नै विद्यार्थीहरुले कम्प्युटर सिक्न पाएका छन् । प्राविधिक शिक्षामा सन्दकपूर गाउँपालिकाले जोड दिइ बजेट व्यवस्थापन गरेपछि अहिले पालिका भित्रका माध्यमिक तहका विद्यालयमा कम्प्युटर कक्षा संचालन हुन्छ ।
सन्दकपूर गाउँपालिकामा २६ वटा सामुदायीक विद्यालय रहेका छन् । त्यसमध्ये ६ वटा माध्यमिक विद्यालयमा प्राथमिक तहबाट नै कम्प्युटर कक्षा संचालन हुँदै आएको छ । गाउँपालिकाको शिक्षा शाखाबाट विद्यालयमा कम्प्युटर कक्षा संचालनका लागि हरेक वर्ष बजेट व्यवस्थापन हुँदै आएको छ ।


माध्यमिक विद्यालयमा कम्प्युटर कक्षा संचालनका लागि भौतीक र प्राविधक संरचना निर्माणपछि गाउँपालिकाले अहिले प्राथमिक तहबाट कम्प्युटर कक्षा प्रदानका गर्ने निति लिएको छ । जसका लागि बजेट व्यवस्थापन हुँदै अएको शिक्षा शाखा प्रमुख कल्पना ढकालले बताइन् ।


सन्दकपूर गाउँपालिकाले चालु आर्थिक वर्षमा सबै विद्यालयबाट कम्प्युटर कक्षा संचालन गर्ने लक्ष्य लिएको छ । स्थानीय तहको प्रथम वर्षे कार्याकालमा गाउँपालिकाले १८ वटा विद्यालयमा कम्प्युटर कक्षा संचालन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार