फिक्कल : संविधान दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाले रोड रेस सम्पन्न गरेको हो । नगरले हरेक बर्ष झै यस बर्ष पर्यटकीय क्षेत्र कन्यामबाट नगरको केन्द्र फिक्कल सम्म ५ किलोमिटर रेस आयोजना भएको छ । जिल्लाका विभिन्न क्षेत्रका धावकहरुले सहभागिता जनाएको प्रतियोगितामा महिला तर्फ खुल्ला र पुरुष तर्फ २० बर्ष मुनी देखि ६० बर्ष माथिको उमेर समुह का विभाजन गरेर सहभागिता जनाइएको थियो ।
२० बर्षमुनी समुहमा आर्जयल राई प्रथम बन्दै प्रमाणपत्र र नगद ५ हजार प्राप्त गरे । दोश्रो बनेका विवेक राईले ३ हजार र तेश्रो साइरस राईले २ हजार प्राप्त गरे । त्यसैगरी २१ देखि ३० बर्ष उमेर समुहमा रुपेश राई प्रथम भएका छन् । उनले नगद ५ हजार प्राप्त गरे । दोश्रो बनेका याङदेव राईले ३ हजार र तेश्रो बनेका समीर तामाङले २ हजार प्राप्त गरे ।
३१ देखि ४० बर्ष उमेर समुहमा प्रथम हुँदै सञ्जिव कार्कीले २ हजार र दोश्रो बनेका रणविर राईले १ हजार प्राप्त गरे । ४१ देखि ५० बर्ष उमेर समुहमा इमान राई प्रथम बन्दै २ हजार प्राप्त गरे । ५१ बर्ष माथिको समुहमा रघुनाथ आचार्यले प्रमाणपत्र र नगद २ हजार प्राप्त गरे ।
महिला तर्फ खुल्ला आयोजना गरिएको प्रतियोगितामा माङ्सेबुङकी नानीफुङ्वा वाजी लिम्बुले प्रथम स्थान हासिल गर्दै नगद ५ हजार सहित प्रमाणपत्र प्राप्त गरिन् । दोश्रो बनेकी काजुना राईले नगद ३ हजार र तेश्रो बनेकी अञ्जली तामाङले २ हजार प्राप्त गरिन् ।
रोड रेसमा ८ बर्षका बालबालिका देखि ६५ बर्षसम्मका जेष्ठ नागरिकले दौड पुरा गरेका थिए । रोड रेसमा सूर्योदय नगरपालिकाको अतिरिक्त माङसेबुङ, मोरङको मिक्लाजुङ लगायतका क्षेत्रबाट समेत ३ सय भन्दा बढि धावकहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता एवम उपविजेताहरुलाई गितकार एवम अन्तराष्ट्रिय धावक बुद्धविर लामा, अन्तराष्ट्रिय धावक धर्म महर्जन, नगर प्रमुख रणबहादुर राई लगायतले प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेका थिए ।
सूर्योदय नगरपालिको संविधान दिवसको अवसरमा पारेर विगत ३ बर्ष देखि रोड रेसको आयोजना गर्दै आएको छ । नगरले गत बर्ष बैकुण्ठ मानन्धरलाई मोटिभेटरको रुपमा निम्तो गरेको थियो । यस बर्ष अन्तराष्ट्रिय धावक धर्म महर्जनलाई निम्त्याएको छ ।त्यसैगरी नगरले फिक्कल बजारमा दिप प्रज्वलन समेत गरेको छ ।