Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

विश्व मार्सल आर्ट्स प्रतियोगितामा नेपालबाट तङ-इल-मो-दो सहभागि हुने

विश्व मार्सल आर्ट्स प्रतियोगितामा नेपालबाट तङ-इल-मो-दो सहभागि हुने

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज २ २०७९


विश्व मार्सल आर्ट्स प्रतियोगितामा नेपालबाट तङ-इल-मो-दो सहभागि हुने

इलाम । अनलाइन विश्व मार्शल आर्ट्स मास्टरशिप अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल बाट तङ-इल-मो-दो संघका खेलाडी हरुले सहभागिता जनाउने भएका छन् । दक्षिण कोरियामा आयोजनामा हुने उक्त प्रतियोगितामा तङ-इल-मो-दो ले सहभागिता जनाउने कार्यवाहक अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विश्वभरका १ सय देशबाट मार्सल आर्टस विधाका खेलाडीहरु सहभागि हुनेछन् ।

तङ-इल-मो-दो , जुडो ,कराते,तेक्वान्दो, उसु, कुरास मार्सल आर्ट्स, जित–कुन्–डो लगायत १५ वटा मार्सल आर्ट्स विधाका ४ हजार ५ सय खेलाडी, ५ सय प्रशिक्षक, निर्णायकहरुलाई सहभागिता गराउने लक्ष्य राखिएको छ । संस्कृति, खेलकुद पर्यटन मन्त्रालय दक्षिण कोरिया र कोरिया स्पोर्ट्स प्रमोशन फाउन्डेसनको प्रायोजन गरेको प्रतियोगितामा युनेस्कोको संरक्षणमा रहेको अन्तर्राष्ट्रिय खेलकुद संघहरूको ग्लोबल एसोसिएशनको साझेदारी रहेको श्रेष्ठले जानकारी दिए ।

अनलाईन अन्तर्राष्ट्रिय प्रतियोगितामा तङ-इल-मो-दो संघ नेपालका अन्तर्राष्ट्रिय खेलाडी बिश्वजित गुरुङ , सुजन श्रेष्ठ ,पर्वत तोलाङ्गी ,मानव पनेरु ,अर्पण घिमिरे ,अनिल सिवाकोटी र बिनायक घिमिरेले सहभागिता जनाउने श्रेष्ठले बताए ।
प्रतियोगिताको प्रक्रिया अनलाइन भिडियो दर्ता – अनलाईन स्कोरिङ र अनलाईन प्रसारणबाट हुनेछ । आगामी सेप्टेम्बर १८ भित्र भिडियो दर्ता भइसक्नुपर्ने छ ।

अक्टोबर २२ देखि २६ संचालन हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकहरुबाट स्कोरिङ भएर विजेता घोषणा गरिनेछ । विश्व मार्सल आर्ट समिति दक्षिण कोरियाले सन २०१३ बाट हरेक बर्ष भौतिक उपस्थितीमा प्रतियोगिता गर्दै आएको थियो । तर कोभिड संक्रमणपछि प्रतियोगिता अनलाइनबाट संचालन भएको हो । सन् २०२३ मा भौतिक रुपमा नै प्रतियोगिता हुने आयोजकले अपेक्षा राखेको छ ।

सन २०१६ र २०१९ मा तङ-इल-मो-दोका खेलाडी हरुले नेपालको तर्फबाट अन्तर्राष्ट्रिय पदक जितेको श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार