इलाम । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनमा इलामबाट ४ जना खेलाडी छनौट भएका छन् । प्रदेश स्तरिय छनौटमा १ स्वर्ण, ३ कास्य, १ रजत जितेसंगै इलामेली खेलाडीहरुले १ नं प्रदेशको प्रतिनिधित्व गर्दै पोखरामा हुने राष्ट्रिय खेलकुदमा सहभागिताको अवसर पाएका हुन् ।
इलामबाट तीन जना महिला र १ पुरुष छनौट भएका हुन् । ४५केजी तौल समुहमा माई नगरपालिकाकी जमुना क्षेत्री, ५५ केजी तौल समुहमा सलिना तामाङ, ६३ केजी तौल समुहमा शुस्मा राई र पुरुष तर्फ रोङ गाउँपालिकाको ७३ केजी तौल समुहमा पुष्कर राई छनौट मा परेका छन् ।