इलाम । काठमाण्डौमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो। रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।
भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत पहिलो पटक फाइनल पुग्न असफल भएको छ । यसअघिका ५ वटै संस्करणमा भारत विजेता बनेको थियो । ४ संस्करणमा नेपाललाई हराउँदै उपाधि जितेको भारतले एक संस्करणमा बंगलादेशलाई हराएको थियो । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८(० गोलले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।
बंगलादेशको जितमा सबिना खातुनले ३ गोल गरिन्। जोहान सप्ना, श्रीमती सरकार, रितुपर्णा चक्मा, मसुरा प्रविण र थौरा खातुनले १र१ गोल गरे। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा अब नेपालले सोमबार हुने फाइनलमा उपाधिका लागि बंगलादेशसँग खेल्नेछ।