Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिंहदेवी माबिको सामाजिक प्रतिवेदन सार्वजनिक सुनुवाई सम्पन्न

सिंहदेवी माबिको सामाजिक प्रतिवेदन सार्वजनिक सुनुवाई सम्पन्न

  • लिला लिम्बु
  • सोमबार, भाद्र २७ २०७९


सिंहदेवी माबिको सामाजिक प्रतिवेदन सार्वजनिक सुनुवाई सम्पन्न

फाकफोकथुम । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाको सिंहदेवी माबिको सामाजिक प्रतिवेदन सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष बिनोद मार्घाली मगरको अध्यक्षता एवम वडाध्यक्ष पदम बहादुर दर्लामी मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि तथा बिधालय व्यवस्थापन समितिका आमन्त्रित सदस्य गजेन्द्र लिम्बुले बिधालयको गतिविधि तथा बिधालयको लागि भौतिक तथा विकासका लागि वडा तथा गाउँ पालिका अन्तर्गतको निकायहरूमा पुराउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

राना गाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र खनाले बिधालयमा लामो समयसम्म पानीको अभावले गर्दा बिधार्थीहरूमा पर्न गएको समस्या तथा शौचालय दुर्गन्धित भएको समस्यालाई मध्यनजर राख्दै खानेपानीको व्यावस्थापन गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बिधालय प्रधानाध्यापक अर्जुन कुमार थापाले प्रतिवेदन बाचन गर्दै आय ब्यय आम्दानी खर्च तथा बिधालय भौतिक देखि लिएर बिद्यालयमा भएको कमीकमजोरीलाई सच्याउँदै आगामी दिनमाआफ्नो कार्यकालमा आफ्नो बिधालयलाई नमुना बिद्यालय बनाउने योजनामा रहेको सुनाए ।

उनले बिद्यालय सेवा क्षेत्रमा रहेका सम्पूर्ण अभिभावकहरुको सहयोगको अपेक्षा राख्दै आउँदो केहि बर्ष पछि कक्षा १२ को अवधारणा अघि सारिएको बताए । वडाध्यक्ष मगरले विद्यालयका लागि आफ्नो पहलमा गाउँपालिकाबाट बिज्ञान प्रयोगशालाको लागि ६ लाख विनियोजन भएको बताए ।

उनले आफ्नो पाँच बर्षे कार्यकालमा बिद्यालयको लागि भौतिक तथा पूर्वाधार तथा आवश्यकबिज्ञान गणित तथा अग्रेजी माबि शिक्षकको लागि गाउँपालिका तथा सम्बन्धित निकायमा मागको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षक थीर प्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार