Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

शिक्षक विदाई र विद्यार्थी सम्मान गर्दै माईमा शिक्षा दिवस

शिक्षक विदाई र विद्यार्थी सम्मान गर्दै माईमा शिक्षा दिवस

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २३ २०७९


शिक्षक विदाई र विद्यार्थी सम्मान गर्दै माईमा शिक्षा दिवस

माई । “साक्षरता सिकाई क्षेत्रमा रुपान्तरण“ भन्ने मुख्य नाराका साथ ४३औं राष्ट्रिय शिक्षा दिवस तथा ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस शिक्षा,युवा तथा खेलकुद शाखा माईले आज विविध कार्यक्रम गरी सम्पन्न गरेको छ । कक्षा ९–१२ का छात्रछात्रा बिच समृद्ध समाज निर्माणका लागि शिक्षामा मेरो भूमिका विषयक वक्तृत्वकला, कक्षा ८ र १० मा उत्कृष्ट जीपिए प्राप्त गर्ने छात्र छात्राहरुलाई सम्मान र अवकास प्राप्त शिक्षकको अभिनन्द गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

वक्तृत्वकलामा लक्ष्मी आदर्श माविका विनोद राई प्रथम, नेपाल एकाडेमीकी सञ्जु नेपाल द्धितिय, न्यु लाइट माविकी सुहासा दाहाल तृतिय भएका थिए । कन्काई माविका सुदिप राई र वीरेन्द्र माविकी पवित्रा बुढाथोकीले सान्तवाना हासिल गरेका थिए । प्रतियोगितामा १४ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । सोही कार्यक्रममा दुई शिक्षकहरू कृष्ण कार्की र उर्वशी पराजुली गौतमलाई अभिनन्दन समेत गरिएको थियो ।

अवकास प्राप्त शिक्षक कार्की २०४८ भदौ ५ गते सेवा प्रवेश भई गते शिशु सेवा माविबाट र शिक्षक गौतमले २०४८/५/१ बाट शिक्षण पेशा प्रारंभ गरी श्री कन्काई माविबाट अवकास प्राप्त गरेकी थिइन् । कार्यक्रमको अवसरमा कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने संस्थागत तर्फ नेपाल एकाडेमीका समीप घिमिरे (३.७३) र अपेक्षा आचार्य (३.६९) तथा एसईईमा उत्कृष्ट अंक ल्याउने न्यु लाइट अंग्रेजी माविकी प्रस्ना घिमिरे (३.२०) र नेपाल एकाडेमीका कौशल आचार्य (२.९५) लाई नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी कक्षा ८ मा सामुदायिक विद्यालय तर्फ उत्कृष्ट जिपिए ल्याउने हिमालय माविकी मनिका खाती (३.६४) र निश्चल न्यौपाने (३.५१) तथा एसईईमा उत्कृष्ट अंक ल्याउने कन्काई माविका जनम धिताल (३.६०) र हेम कुमारी गिरी (३.२५) लाई समेत नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो । माई नगर सामाजिक समिति संयोजक राजेन्द्र राई (अर्जुन) को अध्यक्षतमा भएको कार्यक्रममा नगर उपप्रमुख हिमा भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा वडाध्यक्षहरुको तर्फबाट रामबहादुर राई (वडा नम्बर १) र प्रधानाध्यापकहरुको तर्फबाट हरिप्रसाद पौडेल (श्री कनकाई मावि) ले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्ष रामबहादुर राई, बुद्धि खनाल, खड्ग सुन्दर योङहाङ, उर्द बहादुर राई, देवकुमार तामाङको आतिथ्यता रहेको थियो । त्यसैगरी लोदीया प्रहरी चौकी इन्चार्ज पदम चेम्जोङ र शसस्त्र प्रहरी प्रतिनिधि अशोक खरेलको समेत आतिथ्यता रहेको थियो ।

राष्ट्रीय गानबाट शुरु भएको कार्यक्रममा उपप्रमुख भण्डारीले ब्यानर बाचन गरेर कार्यक्रमको उद्धघाटन गरेकी थिइन् । कार्यक्रममा गरुवा आविका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले प्रकाश पारेको कार्यक्रम शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख सीता लावतीले संचालन गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार