Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुरानो घर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’

पुरानो घर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ९ २०७९


पुरानो घर थिएटरमा ‘एन इन्स्पेक्टर कल्स’

इलाम । पुरानो घर थिएटर अहिले नयाँ नाटकको तयारीमा जुटेको छ । ‘म’, ‘लाटीको छोरो’, ‘खत’ लगायत एकपछि अर्को नाटक मञ्चन गरिरहेको पुरानो घरले यसपाली नेपाली अनुवादमा नाटक ;एन इन्स्पेक्टर कल्स’ गर्न लागेको छ ।
डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबि प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो।

यो नाटकलाई नैतिकतावादी ुमोरालिटी प्लेु भनेर पनि ब्याख्या गरिन्छ। सन् १९१२ को ब्रिटिश समुदायको सेटिङ बनाएर लेखिएको यो नाटक आज २०२२ मा नेपालमा नाट्यकरण गर्दापनि नाटकको विषयबस्तु उत्तिकै सान्दर्भिक छ।
नाटक एउटा धनाढ्य मल्ल परिवारको घरमा भैइरहेको पार्टीबाट सुरु हुन्छ।

सौर्य मल्लको छोरी शिला मल्लको इन्गेज्मेन्ट आफू भन्दा समाजमा अझ उच्च दर्जामा गनिने शिशिर शमशेर राणासँग हुँदै छ। यसैको पार्टीमा खुसी मनाही रहेका बेला डुअर बेल बज्छ अनि भित्र छिर्छ एउटा इन्स्पेक्टर। को हो त्यो इन्स्पेक्टर ? ऊ किन त्यहाँ छ ? यो बुझ्नको लागि यहीँ आउँदो भदौ १७ गतेदेखि असोजको ९ गतेसम्म प्रत्यक दिन साँझ ५:३० बजे मङ्गलबारबाहेक र शनिबार १:३० बजेपनि मञ्चन हुनेहुँदा सिनामंगलस्थित पुरानो घर थिएटरमा आउनुपर्ने छ ।

राजकमल फकिरको अनुवाद र निर्देशनमा तयार पारिएको नाटकमा आभाश अधिकारी, विजय ताम्रकार, सारदा अधिकारी, सरिता भुजेल, सदीन लुइँटेल,शिशिर सिवाकोटी र व्हिस्की (मोनिका थापा) को अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार