Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

ठुलो टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

ठुलो टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ६ २०७९


ठुलो टुँडिखेलको बारेमा प्रधानसेनापतिसंग छलफल

इलाम । इलाम नगरपालिकाका जनप्रतिनिधिहरुले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासंग भेटघाट गरेका छन् । नगर प्रमुख केदार थापाको नेतृत्वमा उपप्रमुख विष्णु दहाल लिम्बु र वडा नं ७ का वडाध्यक्ष नरेश श्रेष्ठ ज्युले भेट गरेका हुन् । भेटका क्रममा इलाम सदरमुकाममा रहेको ठुलो टुँडिखेलको संरचनाको बारेमा छलफल भएको जनाइएको छ ।

जनप्रतिनिधिहरुले टुँडिखेलको संरचनालाई यथावतै राखी रंगशाला निर्माण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गर्नका लागि पहल गर्ने जनाए । नगरपालिकाको कार्यमा नेपाली सेनाले पनि सहयोग गर्न प्रतिवद्द रहेको जनाइएको छ । त्यसैगरी इलामको समग्र खेलकुद विकासको लागि नगरपालिकाले राष्ट्रिय खेलकुद परिषदसंग समेत छलफल गरेको छ ।

नगर प्रमुख सहितको टोलीले राखेप सदस्यसचिव टंकलाल घिसिङसंग भेट गरि इलाम खेलकुद विकास समितिमा रहेको विभिन्न विधाका खेल प्रशिक्षकहरु उपलब्ध गराउन माग राखेका छन् । साथै इलाममा राष्ट्रिय स्तरको रक क्लाम्बिङ तथा ब्याडमिन्टन खेल प्रतियोगिता संचालन गर्ने सहमति भएको नगर प्रमुख केदार थापाले बताए ।

इलामका जनप्रतिनिधिहरुले रेडपान्डाको तस्विर अंकित मायाको चिनो समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार