Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुवास नेम्वाङको क्षेत्रमा सञ्जीव राईले उम्मेदवारी दिने

सुवास नेम्वाङको क्षेत्रमा सञ्जीव राईले उम्मेदवारी दिने

  • लोकल सन्देश
  • आइतबार, भाद्र ५ २०७९


सुवास नेम्वाङको क्षेत्रमा सञ्जीव राईले उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा नेकपा एकीकृत समाजवादीका तर्फबाट सञ्जीव राईले उम्मेदवारी दिने तयारी गरेका छन् ।

युवा संघ नेपालका केन्द्रीय उपमहासचिव राईले उपाध्यक्ष नेम्वाङले प्रतिस्पर्धा गर्दै आएको इलाम–२ मा उम्मेदवारी दिने बताएका छन् । इलाम क्षेत्र नं  २ मा पुरानो र दिग्गजहरुको सम्मान र अवकाश अपरिहार्य छ’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विद्रोह सधैं क्रान्तिकारिता र नविनताका लागि हुन्छ ।’

लगातार चुनाव जित्दै आएका नेम्वाङलाई अवकाश दिन उम्मेदवारीको तयारी गरेको उनले उल्लेख गरेका छन् । ‘उम्मेदवारीबारे निर्णय त पार्टीले गर्ने हो, तर चुनावबाटै सुवास नेम्वाङलाई अवकाश दिन तयार छु’, राईले अनलाइनखबरसँग भने । इलाम–१ बाट भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले चुनाव लड्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार