Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र १ २०७९


मेची अस्पतालमा जनशक्ति अभाव, बिरामीलाई सास्ती

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा लामो समयदेखि जनशक्ति अभाव रहेको छ । जनशक्ति अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । विसं २०३३ मा एक सय तीन कर्मचारीको दरबन्दी रहेकामा हाल उक्त सङ्ख्या घटेर ४५ पुगेको छ । उक्त समयमा अस्पताल ५० शय्याको थियो भने हाल एक सय ३४ शय्याको छ ।

जनशक्ति अभावपछि बिरामी मारमा छन् । सरकारले स्वास्थ्य बीमा कार्यक्रम लागू गरेपछि झन् धेरै जनशक्ति अभाव खड्किएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट टङ्क बाराकोटीले बताए । मेची प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएपछि सेवाग्राहीको चाप अझ बढ्दै गएको छ ।

अस्पतालमा दैनिक औसत आठ सय जनाले बहिरङ्ग सेवा ९ओपिडी० लिँदै आएका छन् । अस्पतालमा विभिन्न कार्यक्रम बढेसँगै बेड पनि बढ्दै गएको बाराकोटीले बताए । अस्पतालमा छात्रवृत्ति, करार र अन्य गरी २८ चिकित्सकले सेवा दिइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार