इलाम । इलामको पर्यटन विकासका लागि एकिकृत रुपमा अघि बढाइनु पर्ने सरोकारवालाले बताएका छन् । राज्य पुनःसंरचनापछि सबैे स्थानीय तहले आ–आफ्नै हिसाबले पर्यटन प्रवद्र्धनका काम गरेकाले अब एकिकृत रुपमा पर्यटन प्रवद्र्धनका काम अघि बढाइनुपर्ने बताएका हुन् । इलामको सन्दकपुर गाउँपालिकामा अयोजीत कार्यक्रमका बक्ताहरुले पर्यटन प्रवद्र्धनको काम सबै स्थानीय तह एक भएर इलामको पर्यटन विकासको काम गर्नुपर्ने बताए । कार्यक्रममा सन्दकपूर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष सोनाम राईले सन्दकपुर गाउँपालिकामा आएका पर्यटकहरुबाट पनि अन्य पालिकाहरुलाई पनि फाइदा पुग्ने भइकाले आगामि दिनमा सबै स्थानीय तह एक हुनुपर्ने बताए । उनले पर्यटनको कुरा गछौ तर एक्ला एक्लै हिडेर गन्तव्यमा पुगिदैन त्यसैले सैब पालिका एक भएर पर्यटन विकासमा लाग्नुपर्ने हुन्छ । पर्यटनको विकास गर्न सबै जिम्मेवार बनेर काम गरेमात्र गन्तव्यमा पुग्ने बताए ।

होमिस्टे महासँघ सन्दकपुर गाउँपालिका अध्यक्ष जिवन शिवाले पर्यटक आएपनि आएका पर्यटकको भ्रमण अवधि लामो बनाएर फाइदा लिनका लागि सबै सरोकारवाला एक हुनुपर्ने बताए । आएका पर्यटकको भ्रमण अवधि कसरी लम्व्याउने सकिने र कसरी उनीहरुलाई आकर्षित गर्न सकिन्छ त्यसबारे कस्तो व्यवहार गर्ने त्यसबारे त्यसबारेको तालिम आवश्यक छ उनले भने । पर्यटन व्यवसाय बढाउने हो भने प्रत्येक पालिकामा कमिटि गठन गरेर लाग्नु पर्ने उनको भनाई छ ।
् होमिस्टे महासँघ इलामका उपाध्यक्ष लिला भट्टराई घुम्न आएका पर्यटकको सुरक्षा र सरसफाईलाई प्राथमिकतामा नराख्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको बताउँछिन् । ग्रामिण भेगमा आएका पर्यटकहरुले कतिपय ठाउँमा हाम्रा व्यवहारहरु पर्यटन मैत्री नहुँदा पर्यटन व्यवसाय प्रवद्र्धनमा समस्या छ । पर्यटकको सुरक्षाको व्यवस्थापनमा सबै जिम्बेवार बन्नुपर्ने र प्याकेज बनाएर बेच्न सकियो भने मात्र पर्यटन व्यवसाय फस्टाउने भट्टराईको भनाइ छ ।

सन्दकपुर गाउँपालिकाका होटल व्यवसायी चक्रदिप मुखियाले तालिम र प्रशिक्षणको अभावमा होम स्टेको नाममा होटलमा पाउने सामान खुवाउनु परेको बताए । होमस्टे भनेर होमस्टेको आधारण अनुसार सेवा दिन तालिमको आवश्यकता रहेको उनले बताए । सन्दकपुर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष लिला बहादुर बुर्जा सन्दकपुरमा अथाहा सम्भावना भएपनि त्यसलाई बेच्न नसक्दा पछि परेको बताए । ग्रामीण पर्यटनका लागि बाह्रैमहिना यातायात सञ्चालन हुन नसक्दा पनि पर्यटन क्षेत्र पछि परेको उनले बताए । ग्रामिण पर्यटन व्यवसायको विकास गर्नका लागि बाटो, सार्वजनिक शौचालय, होमस्टेको संरक्षण, विविधता संरक्षण र पर्यटक माथि गरिने व्यवहार परिवर्तन गर्ने र प्याकेज बनाएर अघिबढ्नुपर्ने इलाम नगरपालिकाकी प्रशासकीय अधिकृत लुना खतिवडाले बताइन् । सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राई पर्यटन विकास भनेर पाँच वर्ष सम्म पालिका लागि पर्दा समेत सफल नभएको भन्दै जिल्लाका सबै पालिका एक भएर लाग्नुपर्ने बाताउँछन । स्थानीय स्तरबाटमात्रै पर्यटन विकास सम्भव नहुने भएकाले निजि क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहन गर्नुपर्ने राईको भनाइ छ । पर्यटन प्रवद्र्धनका लागि सबै स्थानीय तह एक भएर काम गरे सबैलाई लाभ हुने उनले बताए ।
सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरी लुङ्गेलीले अवको एक वर्ष पछि सन्दकपुरमा आउने पर्यटक कारमा आउन सक्ने बताएका छन् । उनले पालिकाले बजेट विनियोजन गर्दा विभिन्न क्षेत्रमा छुट्याएको बजेट पर्यटन विकासमा लगानि गर्न आग्रह गरेका छन् । महिलाको क्षेत्रमा छुट्याएको बजेटले त्यस क्षेत्रको पर्यटन विकासमा लगानी गर्ने, क्षेत्रमा छुट्याएको वजेट संस्कृति अनुसार पर्यटन क्षेत्रमा लगानि गर्ने हो भने विकस गर्न कुनै समस्या नरहने बताए । उनले एक वर्ष सबै क्षेत्रको बजेट पर्यटन विकासमा सपोट पुग्नेगरी काम गर्ने हो भने पर्यटन व्यवसायमा विकास गर्न सकिने बताएका छन् ।

इलामको पर्यटन विकासका लागि पर्यटकलाई गर्ने व्यवहारमै भरपर्ने केचना कञ्चनजंघा पर्यटन प्रवर्दन विकास समितिका कार्यकारी निर्देशक केशव धौराली बताए । सेवासुविधा, सुरक्षा, सरसफाई, सूचना, समन्वय र संस्थागत विकास जस्ता कुरामा ध्यान दिन नसके पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए ।
प्रसस्तै सम्भावना बोकेको इलाम आधारभूत आवश्यकतामै कमजोर बन्दा पर्यटन व्यवसाय फस्टाउन नसकेको पाइएको छ । ग्रामीण पर्यटकका रुपमा आउने पर्यटकलाई आकर्षण गर्न त्यहाँको संस्कार अनुसार व्यवहार नगरेको कारण पर्यटन व्यवसायको विकास हुन नसकेको पाईएको हो । घुम्न आएका पर्यटकलाई काहँ जाने के खाने र बास बस्न कहाँ पुग्ने भन्ने जानकारी सम्म नहुँदा पर्यटक अलपत्र पर्ने गरेका कारण पर्यटन व्यवसाय फस्टाउन नसकेको इलाम नगरपालिका ५ का वडाध्यक्ष तथा आर्थिक विकास समिति सम्योजक कालिबहादुर श्रेष्ठले बताए । उनले पर्याप्त ठाउँ भएर पनि वेच्न नसक्दा पर्यटनको विकास हुन नसकेको बताए । सन्दकपूर गाउँपालिका अध्यक्ष तुला गुरुङ्गले पर्यटन विकासका लागि सबै स्थानीय तह र सरोकारवाला एक भएर लाग्नुपर्नेमा कार्यक्रममा जोड दिए ।

इलामको पर्यटन विकासका एकिकृत रुपमा विकास गर्ने उदेश्यले इलाम नगरपालिका नगर पर्यटन प्रवद्र्धन विकास समितिले इलामका सात स्थनीय तहहरुमा प्रथम चरणमा अन्तर पालिका समन्वय बैठकको काम भइरहेको नगर पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए । इलामको पर्यटन विकासका लागि प्रवद्र्धनका लागि सन्दकपूर गाउँपालिका, माईजोगमाई गाउँपालिका, इलाम नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका, देउमाई नगरपालिका र सूर्योदय नगरपालिकामा समन्वय बैठक आयोजना हुनेछ । अहिलेसम्म सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकामा अन्तर पालिका समन्वय बैठक सम्पन्न भएको छ ।