Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

  • सन्देश सम्वाददाता
  • शुक्रबार, साउन २० २०७९


इलाम अस्पतालमा निःशुल्क डाइलासिस सेवा सुरु

इलाम । इलाममा मृगौला रोगीका लागि निस्शुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ ।

निःशुल्क डाइलासिस सेवा सुरु भएसँगै पूर्वीपहाडका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलो सहयोग मिल्ने भएको छ । इलाम नगरपालिका र रोटरी क्लब धरानको सहयोगमा साढे ४३ लाख रुपैयाँ खर्च गरेर तीन वटा मेसिन खरिद गरेपछि यो सेवा सुरु भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार