फिक्कल । इलामको सूर्योदय नगरपालिकाले लक्षित समुहलाई अनुदानमा विद्युतिय चुलो वितरण गरेको छ । सूर्योदय नगरपालिकाले ९० प्रतिशत अनुदानमा १५० भन्दा बढि चुलो वितरण गरेको हो । अपाङगता भएका, एकल महिला,दलित समुदायका र विपन्न परिवारहरुले १० प्रतिशत लागत साझेदारीमा चुलो प्राप्त गरेका थिए ।

नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख रणबहादुर राई, वडा नं १ का वडाध्यक्ष राजकुमार सेरेङ, वडा नं १२ का वडाध्यक्ष डोलेन्द्र भारद्धाज, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई लगायतले विद्युतीय चुलो वितरण गरे ।
