Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

फिक्कलमा सिभिल बैंकको १३३ औ शाखा

फिक्कलमा सिभिल बैंकको १३३ औ शाखा

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १२ २०७९


फिक्कलमा सिभिल बैंकको १३३ औ शाखा

फिक्कल । इलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा सिभिल बैंक लिमिटेडको शाखा संचालनमा आएको छ । बैङ्कको १३३ औं शाखाको रुपमा बुधबार एक कार्यक्रमका बिच फिक्कल शाखाको उद्घाटन गरिएको हो । बैंकका प्रदेश १ का प्रमुख राजेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उप प्रमुख चित्रकला बराईलीले शाखाको उद्घाटन गरिन् ।

बैंकको उद्घाटन गर्दै बराईलीले नागरिकलाई सहज रुपमा सेवा दिन सक्नु पर्ने बताइन् । कार्यक्रममा प्रदेश १ का प्रमुख ढकालले सभिल बैंकको सेवा सुविधा बारे स्थानीयलाई जानकारी गराएका थिए। उनले हिमालयन बैंक संग सिभिलले चाडै मर्ज गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट ‘क’ बर्गको मान्यता पाएको सिभिलको शाखा यस अघि इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा संचालनमा आएको थियो । स्थानीय ब्यवसायीले उक्त अवसरमा ऋण प्रभावमा सहजता ल्याउन आग्रह गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैङ्क फिक्कलका प्रमुख खगेन्द्र कन्दङ्वा, स्थानीय ब्यवसायी ज्ञानीराम श्रेष्ठ, हरी लुईटेल, निर्मला अग्रवाल लगायतको शुभकामना दिएका थिए। बैंकका शाखा प्रमुख अर्चन ढुंगानाले स्थानीय ब्यवसायीको हितमा शाखाले काम गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार