Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

  • सन्देश सम्वाददाता
  • बुधबार, साउन ११ २०७९


एसईईको नतिजा आज सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

इलाम । राष्ट्रिय परीक्षा बोर्डले बुधबार एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिएका हुन्। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। कोभिडका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक रूपमा परीक्षा केन्द्रमा नै उपस्थित भएर परीक्षा दिएका हुन्।

बोर्डले शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको थियो।
यसरी हेर्न सकिनेछ नतिजा–

प्रतिक्रिया
सम्बन्धित समाचार