Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

भाइरल ज्वरो बढेपछि फिक्कलका विद्यालय विदा

भाइरल ज्वरो बढेपछि फिक्कलका विद्यालय विदा

  • सन्देश सम्बाददाता
  • सोमबार, साउन ९ २०७९


भाइरल ज्वरो बढेपछि फिक्कलका विद्यालय विदा

फिक्कल । भाइरलका कारण इलामको सूर्योदय नगरपालिकाका बालबालिकाहरु प्रभावित बनेका छन् । गाउँगाउँमा विरामी हुने क्रम बढेपछि अस्पतालमा विरामीहरुको चाप बढ्दै गएको छ । फिक्कल बजार स्थित प्राथमिक स्वास्थ्य केन्द्र (प्रास्वाके), नीजि अस्पताल र क्लिनकहरुमा समेत भाइरलका बिरामीको चाप बढेको छ ।

ज्वरो आउने, रुघाखोकी लाग्ने, जिउ दुख्ने, हातखुट्टा करकर खाने, छात्ती र घाँटी दुख्ने, जिउ शिथिल हुने लक्षण बिरामीमा देखिएको चिकित्सकले बताएका छन् । कतिपय बिरामीमा अधिक टाउको दुख्ने, बान्ता हुने र पखाला लाग्ने लक्षणसमेत देखिएको छ ।

अस्पतालमा बेड नपाउँदा विरामीहरुलाई भुई राखेर समेत उपचार गराइदै आएको छ । भाइरलको प्रकोप देखिएपछि सूर्योदय नगरपालिकाका २ वटा संस्थागत विद्यालयहरु विदा गरिएको छ । परिक्षा चलिरहेकै क्रममा विद्यार्थीहरु विरामी हुने क्रम देखिएपछि फिक्कलको पञ्चकन्या अंग्रेजी विद्यालय विदा गरिएको छ ।

त्यसैगरी एभरल्यान्ड इन्टरनेशनल एकाडेमी समेत विदा गरिएको प्याब्सन सूर्योदयका अध्यक्ष लाकेल लामाले बताए । लामाका अनुसार सूर्योदय प्याब्सनका अन्य विद्यालयहरु विदा गरिएको छैन् ।

‘गाउँगाउँमा भाइरलका कारण बालबालिकाहरु विरामी भइरहेको देखिन्छ । तर पशुपतिनगर क्षेत्रमा अवस्था सामान्य छ । संस्थागत २ वटा बाहेक अन्य विद्यालयका प्रकोप देखिएको छैन् ।’ उनले भने । विद्यालयहरु एक साताको लागि विदा दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार