Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाईमा आधारभुत अस्पताल उद्धघाटन

माईजोगमाईमा आधारभुत अस्पताल उद्धघाटन

  • रोशन काफ्ले
  • सोमबार, साउन २ २०७९


माईजोगमाईमा आधारभुत अस्पताल उद्धघाटन

नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा आधारभुत अस्पताल उद्धघाटन एवम सेवा संचालन गरिएको छ । वडा नं १ का वडाध्यक्ष यामकुमार कार्कीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपाध्यक्ष प्रविना राई, प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मी,स्वास्थ्य शाखा प्रमुख राम शकँर देव लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो । इलामको उत्तरी क्षेत्रमा रहेको माईजोगमाई स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको छ ।

पालिकाबासीहरु अकास्मत विरामी परेको खण्डमा प्राथमिक उपचारमा समेत समस्या छ । आधारभुत अस्पताल संचालनमा आएपछि विरामीहरुलाई तत्काल उपचारका लागि सहज हुने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार