Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको सुकिलुम्बा विमानस्थलमा कागजको प्लेन

इलामको सुकिलुम्बा विमानस्थलमा कागजको प्लेन

  • राेशन काफ्ले
  • आइतबार, साउन १ २०७९


इलामको सुकिलुम्बा विमानस्थलमा कागजको प्लेन

इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलमा कागजी हवाईजहाज उडाएको छ । शनिबार राप्रपा निकट विद्यार्थी संगठनले ०७९ जेठ ६ गतेबाट विभिन्न कारणले सन्चालनमा नरहेको विमानस्थल सन्चालन गराउन विरोध स्वरुप कागजको हवाईजहाज उडाउने कार्यक्रम गरेको हो ।

३० करोडको लागतमा निर्माण सम्पन्न विमानस्थलमा विगत २ महिना देखि हवाइजहाज उडान हुन् सकेको छैन् । उक्त विमानस्थल गत फागुन १ गते पुर्व प्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुर्व सस्कृती तथा पर्यटन मन्त्री प्रेम आले इलाम क्षेत्र प्रदेश नं १ कि पर्यटन मन्त्री खिनु लङवा लिम्बू लगायतको उपस्थितिमा रनबेको उद्घाटन गरिएको थियोे ।

उद्घाटन गरिएको केही महिना नपुग्दै विमानस्थलको धावन मार्ग दविएको ,चर्किएको कारणले बन्द रहेको पाइएको राष्ट्रिय प्रजातन्त्र पाटिका जिल्ला सदस्य कुन्दन पौडेलले। विमानस्थल निर्माणमा भएको कमजोरीको खवरदारी अभियान गरिएको पौडेलले बताए ।

विरोध तथा खबरदारी कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगठनका जिल्ला सदस्य गायत्री दाहाल,राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला उपाध्यक्ष माया भट्टराई ,राष्ट्रिय प्रजातन्त्र पाटि भु पु सैनिक सगठन जिल्ला अध्यक्ष राजेन्द्र चौहान ,प्रदेश सदस्य टिकाराम चौहान, क्षेत्र न १ अध्यक्ष अजय पारुहाङ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगठन जिल्ला अध्यक्ष विपिन दाहाल लगायतको उपस्थिति रहेको थियो ।

गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भए पश्चात् इलामबाट नियमित रुपमा हप्ताको २ दिन हुँदै आएको उडान बन्द भएको हो । सुकिलुम्बा विमानस्थल इलाममा तारा एयरले आफ्नो उडान भर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार