इलाम । इलाम नगरपालिकाको बजार क्षेत्र र पर्यटकीयस्थल क्षेत्रमा फुलका बिरुवा रोपण गरिने भएको छ । इलाम नगरपालिकाले सहरी सौदर्य बढाउनका लागि बजारका खुल्ला क्षेत्रमा विभिन्न प्रजातीका फुलका बिरुवा रोपण गर्ने भएको हो । फरक फकर सिजनमा फुल्ने फुलका बिरुवा काठमाडौँका नर्सरीबाट खरिद गरि रोपण गर्ने योजना रहेको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । इलामको पुरानो चिया बगान, कारखाना क्षेत्र, पर्यटकहरु बढी मात्रामा पुग्ने भ्यु टावर, भालुढुङ्गा र बजार क्षेत्रमा प्रथम चरणमा फुलका बिरुवा रोपण गरिने भएको हो ।