Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका ४ सहित १९ जना श्रष्टा सम्मानसहित पुरस्कृत हुँदै

इलामका ४ सहित १९ जना श्रष्टा सम्मानसहित पुरस्कृत हुँदै

  • लोकल सन्देश
  • आइतबार, असार २६ २०७९


इलामका ४ सहित १९ जना श्रष्टा सम्मानसहित पुरस्कृत हुँदै

इलाम । प्रदेश नंं. १ सरकारले इलामका ४ सहित १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो ।

प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान २०७८ बाट मुर्तिकलामा बिजय श्रेष्ठ, संगीतमा मानसिंह थुलुङ, लोक संस्कृति, संस्कृति संरक्षणमा वीरबहादुर लेप्चा र नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कारबाट नाटक निर्देशक चेतन आङथुपो पुरस्कृत हुने भएका छन् ।

बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट.प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी (भाषा, साहित्य, अनुसन्धान), प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु)–झापा(अनुसन्धान, संस्करण) पुरस्कृत हुँदैछन् ।

प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९ बाट टंक बहादुर खुलाल (मनु मन्जिल), गोवर्धन तामाङ–उदयपुर(साहित्य), भरत गुरागाईं–मोरङ(नाट्यकर्र्मी), ममता गिरी–सुनसरी(साहित्य, लघुकथा), गोपाल देवान–सुनसरी(नाटककार, निर्देशन), हरि कट्टेल–सोलुखुम्बु(साहित्य), महेन्द्र राई–सुनसरी(चित्रकला), जयन्तीरमण कण्ठ–सुनसरी(नाट्य अभिनयकर्मी) र नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि) रहेका छन् ।

नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९ बाट लिला उप्रेती(लिला अनमोल)–झापा(साहित्य), यशोदाकुमारी लम्साल–सुनसरी(चित्रकला), मधुराज केरुङ–पाँचथर(चलचित्र, साहित्य), विमला चिमोरिया–झापा(नाटक/अभिनय) विधाबाट छनौट भएको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए ।

श्रष्टा सम्मान समारोह आउँदो असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार