नेपालबाट ओलम्पिक खेलेका खेलाडीलार्य नोबेल मेडिकल कलेजले निःशूल्क उपचार गर्ने भएको छ। ओलम्पिक खेलेकाहरुको संस्था नेपाल ओलम्पियन एशोसिएसन र विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच निःशुल्क स्वास्थ्य उपचार गर्ने विषयमा आज सम्झौता भएको छ।
ओलम्पियन एशोसिएसन र नोबेल मेडिकल कलेजबिच पहिलो चरणमा ५ वर्षका लागि भएको सम्झौता एशोसिएशनको तर्फबाट अध्यक्ष दीपक विष्ट र हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक ईन्दिरा शर्मा बरालले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार उपचारका लागि मेडिकल कलेजमा पुग्ने ओलम्पियन खेलाडीका परिवारले ५० प्रतिशत छुट पनि पाउने छन्।
सम्झौता अनुसार ओलम्पियन खेलाडीहरुलाई हस्पिटलले आधिकारिक कार्ड प्रदान गर्नेछ। सम्झौताका लागि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले समन्वय गरेका थिए ।
