Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कुवेतसँग नेपाल पराजित, दर्शनको सान्तवना गोल

कुवेतसँग नेपाल पराजित, दर्शनको सान्तवना गोल

  • सन्देश सम्वाददाता
  • आइतबार, जेष्ठ २९ २०७९


कुवेतसँग नेपाल पराजित, दर्शनको सान्तवना गोल

इलाम । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४(१ गोल अन्तरले पराजित भएको हो । कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे । यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे ।

नेपालका दर्शन गुरुङले सान्तवना गोल फर्काए । खेलको २८ औं मिनेटमा फाहदले हेडर मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए। ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४(० ले अघि रह्यो। त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४(१ ले पराजित हुन पुग्यो । यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ । कुवेतको यो पहिलो जित हो ।

कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार