इलाम । नेपाली चियाको आन्तरिक बजार प्रर्वद्धन गर्ने उद्धेश्यका साथ बुटबलमा राष्ट्रिय प्रर्दशनी एवम टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको छ । चिया तथा कफि बिकास बोर्डको आयोजनामा नेपाली चियाको वृहत राष्ट्रिय प्रर्दशनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरिएको हो । असार ३ र ४ गते हुने कार्यक्रमको उद्धघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले गर्नेछन् ।
बुटबल बजारमा प्रभातफेरी पछि सिद्धार्थ कटेज मिलनचोकमा कार्यक्रम राखिएको कार्यकारी निर्देशक डा विष्णु प्रसाद भट्टराईले जानकारी दिए । चिया खेतीको विस्तारसंगै बोर्डले विभिन्न प्रदेशमा चिया प्रर्वद्धन सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।