इलाम । आगामी जेठ २६ गतेबाट सुरु हुने प्रदेश १ जिल्ला स्तरीय नकाउट फटबल प्रतियोगितामा इलामले भोजपुर र धनकुटा बिचको बिजेतासंग खेल्दै सुरुवात गर्ने भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना र इटहरी फुटबल क्लबको संयोजनमा इटहरी रंगशालामा हुने प्रतियोगितामा जिल्ला लिग विजेता रेडहर्स फुटबल क्लबले भोजपुरको कोदार फुटबल क्लब र देउराली फुटबल क्लब धनकुटा बिचको बिजेतासंग प्रतिस्पर्धा गर्ने भएको ।
प्रदेश १ का ११ जिल्लाका लिग बिजेता क्लबहरुको प्रतियोगितामा सहभागिता रहेको छ । प्रदेश १ मा पहिलो पटक प्रदेश खेलकुद विकास बोर्डले प्रतियोगिता आयोजनाको अवसर पाएको हो । यसअघि प्रदेश फुटबल संघले प्रदेश स्तरिय फुटबल प्रतियोगिता आयोजना गर्दै आएको थियो । प्रतियोगिताको बिजेताले २ लाख र उपविजेताले १ लाख रुपैया प्राप्त गर्नेछ ।