Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फाकफोथुम गाउँपालिकामा करातेको जुनियर ग्रेडिङ

फाकफोथुम गाउँपालिकामा करातेको जुनियर ग्रेडिङ

  • लिला सुब्बा
  • शनिबार, जेष्ठ १४ २०७९


फाकफोथुम गाउँपालिकामा करातेको जुनियर ग्रेडिङ

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा कराते खेल विस्तार गरिएको छ । फाकफोकथुम–३ स्थित सिंहदेवी मावि आमचोकमा आजबाट विधिवत रुपमा कराते ग्रेडिङ सुरु भएको हो । करातेका मुख्य प्रशिक्षक एवम अन्तराष्ट्रिय रेफ्री योगबहादुर राई (योगेश चाम्लिङ) ले जुनियर ग्रेडिङ गराएका थिए ।

३ महिना अघि देखि सिंहदेवी माविको मैदानमा प्रकाश लिम्बुले सितोरियो करातेको प्रशिक्षण दिइरहेका छन् । कराते खेलमा स्थानीय ३० जना खेलाडीहरुले तालिम लिइरहेका थिए । जुनियर खेलाडीहरुलाई देउमाई नगरपालिका डोजो प्रशिक्षक सोम राईले कराते सम्बन्धी प्रशिक्षण दिएका थिए ।

प्रशिक्षक चाम्लिङको प्रमुख आतिथ्यता रहेको  कार्यक्रममा वडाध्यक्ष दिपेन्द्र लिम्बु, प्रहरी इन्चार्ज श्रण योक्पादेन लिम्बु, सिंहदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार