Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र कांग्रेसकी राई

माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र कांग्रेसकी राई

  • लोकल सन्देश
  • मंगलबार, जेष्ठ ३ २०७९


माइजोगमाई गाउँपालिकामा एमालेका थेबे र कांग्रेसकी राई

नयाँबजार । इलामको माइजोगमाई गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कुशबहादुर थेवे निर्वाचित भएका छन् । गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा एसका जीतबहादुर राईलाई २२२ मतान्तरले थेवे बिजयी भएका हुन्। थेबेले ५१३५ मत ल्याएका छन् भने नेकपा एसका राईले ४९२३ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने गठबन्धनको तर्फबाट उम्मेद्वार बनेकी नेपाली कांग्रेसकी प्रबिना राई विजयी भएकी छन् । नेकपा एमालेकी सावित्रा भट्टराईलाई २७६ मतान्तरले हराउँदै राई उपाध्यक्ष निर्वाचित भएकी हुन् । माइजोगमाई–१ मा एमालेको प्यानल विजयी भएको थियो ।

वडा नं २ र ३ मा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनको प्यानल वडा नं ४, ५ र ६ मा एमालेको प्यानल विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार