Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका–९ मा कांग्रेसको प्यानल बिजयी

इलाम नगरपालिका–९ मा कांग्रेसको प्यानल बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ ३ २०७९


इलाम नगरपालिका–९ मा कांग्रेसको प्यानल बिजयी

इलाम । इलाम नगरपालिका वडा नंम्बर ९ मा नेपाली कांग्रेसको प्यानल सहित बिजयी भएको छ । वडाध्यक्षका उम्मेद्धवार गोपाल चौहान सहित सवै सदस्यहरु विजयी भएका हुन् । चौहानले नेकपा एमालेका उम्मेदवारलाई ४२१ मतान्तरले हराए । उनले १५११ मत पाउँदा एमालेका उम्मेदवारले १०९० मत पाए ।

खुल्ला महिला सदस्यमा कमलादेवी अधिकारीले १४९७ मत पाइन् , दलित महिला भावना मंग्रातीले १४८५ मत पाइन् तथा खुल्ला सदस्यमा लोकबहादुर थापा र चुडामणी दाहाल १४६७ र १४२७ मतका साथ बिजयी भएका हुन् ।

हालसम्म इलाम नगर प्रमुखमा कांग्रेसका उम्मेदवार केदार थापाले ११ हजार ६ मत पाउँदा नेकपा एमालेका धिरेन चेम्जोङले ९ हजार २४१ मत पाए । त्यसैगरी उपप्रमुखमा कांग्रेसकी विष्णु लिम्बु दाहालले ११ हजार २६९ मत पाउँदा एमालेकी सिता रिजालले ८ हजार ९२३ मत पाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार