सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । ताजा परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका तुला गुरुङले १ हजार ४ सय २६ मत प्राप्त गर्दा निकटतम प्रतिद्धन्द्धी उदयबहादुर राईले १ हजार १ सय ९६ मत प्राप्त गरेका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनका धनपती राईले ६ सय ४४ मत पाएका छन् । उपाध्यक्षमा गठबन्धनकै हरि लुङ्गेलीले १ हजार १ सय १ मत प्राप्त गर्दा निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी तुलादेवी सेडाईले १ हजार ८ मत प्राप्त गरेकी छन् । मंगोल नेशनल अर्गनाइजेसनकी बबिता खाम्दाकले ५ सय ४६ मत पाएकी छन् ।
सन्दकपुर गाउँपालिका वडा नं २ को मतपरिणाम अनुसार वडाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सनम राईले ४ सय ९४ मत पाउँदा निकटम प्रतिद्धन्द्धीको रुपमा मंगोल नेशनलका सन्तोष गुरुङ ४ सय ९० मतका साथ पछयाइरहेका छन् । नेकपा एमालेका गिरिराज खनाल ४ सय ७३ मत पाएका छन् ।