नयाँबजार । माइजोगमाई गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका डम्बर बहादुर सुवेदी निर्वाचित भएका छन् । १ हजार २९ मत ल्याउँदै उनी दोश्रो पटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । सुवेदीले नेकपा एमालेका गणेश बहादुर सुवेदीलाई ५०६ मतान्तरले हराउँदै वडाध्यक्ष निर्वाचित भएका छन् ।
गणेश बहादुरले ५२३ मत पाएका थिए । सदस्यमा ८४६ मतका साथ माओवादी केन्द्रका हस्त बहादुर राई निर्वाचित भए । उनी गठबन्धनबाट रुख चिन्ह लिएर उम्मेदवारी दिएका थिए । अर्का सदस्यमा एकिकृत समाजवादीका रमेश राई निर्वाचित भए ।
८१५ मत ल्याएर रमेश निर्वाचित भएसंगै इलाममा नेकपा एसले पहिलो जनप्रतिनिधि पाएको छ । महिला सदस्यमा नेपाली कांग्रेसकी पुनम खड्का ९७८ मत ल्याएर बिजयी भइन् । दलित महिलामा यसअघि नै कांग्रेसकी रुपादेवी दियाली निर्वाचित भइसकेकी छन् ।
कुल ४ हजार ६७ मत गणना हुँदा गाउँपालिका अध्यक्षमा जीतबहादुर राई (एकिकृत समाजवादी) १९४९ र नेकपा एमालेका कुशबहादुर थेवेले १५६७ मत ल्याएर पछयाइरहेका छन् । उपाध्यक्षमा नेपाली कांग्रेसकी प्रविना राईले १९८९ र नेकपा एमालेकी सावित्रा भट्टराईले १५३७ मत पाएकी छन् ।