Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीमा काँग्रेसले वडाध्यक्षमा खाता खोल्यो, वडा नं ६ मा दिलकुमार निर्वाचित

चुलाचुलीमा काँग्रेसले वडाध्यक्षमा खाता खोल्यो, वडा नं ६ मा दिलकुमार निर्वाचित

  • लोकल सन्देश
  • आइतबार, जेष्ठ १ २०७९


चुलाचुलीमा काँग्रेसले वडाध्यक्षमा खाता खोल्यो, वडा नं ६ मा दिलकुमार निर्वाचित

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका–६ साकफारामा नेपाली काँग्रेसका दिल कुमार राई वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवारलाई ८६ मतान्तरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार राईले ८८९ मत प्राप्त गर्दा निकटतम प्रतिष्पर्धी नेकपा एमालेका योगराज दाहाल ‘बिन्दु’ ले ८०३ मत प्राप्त गरेका छन्।

अन्य सदस्यहरूमा गठबन्धनका नेपाली काग्रेसबाट दलित सदस्य निशा गजमेर ८७८, खुल्ला सदस्य नरेन्द्र कुमार रार्ई ९४२ र एमालेबाट महिला सदस्यमा मिना कुमारी राई ८०३ र एमाले एक जना खुला सदस्यमा काजी मान राई ७९५ मत प्राप्त गरेका छन् ।

वडा नं ६ को अन्तिम नतिजा प्राप्त भएर वडा नं १ को मत गणाना जारी रहेको अवस्थामा गाउँ पालिका तर्फ नेपाली काग्रेसका राजेन्द्र केरूङ २११० मत सहित अघि छन् भने केरूङका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ओमनारायण खनालले ११९८ मत प्राप्त गरेका छन्।

यस वडाबाट कुल १९१४ खसेको मत मध्ये १८ मत बदर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार